Bisal Chautari Logo

राजेश पायलले फेरी साबित गरे सुदुरपश्चिममा ‘नेपाली संगीतका बादशाह मै हुँ भनेर’

- ३० फाल्गुन २०७१, शनिबार १४:०४ मा प्रकाशित


Rajesh payal rai kanchanpur concerts
विशाल चौतारी समाचार
कञ्चनपुर, २०७१, फल्गुन ३०, शनिबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राई इज किङ अर्थात नेपाली संगीतका बादशाह राजेश पायल राईले सुदुरपश्चिम कञ्चनपुरमा भएको कन्र्सट मार्फत नेपाली संगीतका बादशाह मै हु भनेर सावित गरेका छन् ।

Rajesh payal rai kanchanpur concerts (2)
सुरक्षाकर्मी र कार्यक्रमका स्वयम सेवकहरुलाई हम्मे हम्मे, दर्शकहरुको पसिना छुटाउने एउटै गायक त छन्, ‘राई इज किङ’ राजेश पायल राई । हो आज पनि यस्तै भयो नेपालको सुदुरपश्चिम सिमाना जिल्ला कञ्चनपुरको कृष्णपुरमा भएको भब्य कन्र्सटमा । उदय सरस्वती कलेजको स्थापनार्थको लागी आयोजना गरिएको कार्यक्रममा गायक राईले नाई नभन्नु ल–३को गीतबाट आफ्नो प्रस्तुती सुरुवात गर्दै ‘फेरी फेरी नाई नभन्नु ल’ गाए ।

त्यसपछी दर्शन नमस्ते, नौझाले मायाले, सिरै फुल सिरबन्दि, तिन तारा तिन तारा, सागर सरी चोखो माया, दिक्तेल बजार, मोहनी लाग्ला है, माथि माथि लेकबाट बेसीमा झर्दा र म त मर्छु की क्या हो ठुली बोलको गीत गाएका थिए । दर्शकहरुको वान्समोरका कारण गायक राईले दर्शन नमस्ते चाहि ४–४ पटक दोहोराएर गाएका थिए । कार्यक्रममा दोहोर्‍याइ तेहर्‍याई गाउन गायक राईलाई दर्शकहरुको हुटिङका कारण धरै थिएन । गायक राई पनि के कम स्टेजबाटै भने–‘म तपाईहरुकै लागी यहा आएको हु’, भन्दै लगातार ३०–३५ वटा गीत गाएका थिए ।

Rajesh payal rai kanchanpur concerts (1)
उक्त कार्यक्रमका आयोजक सागर नेघिले आज सम्मकै सार्वाधिक दर्शकहरु आएको दावि गरे । कार्यक्रममा लगभग २० हजार दर्शकहरुको उपस्थिती रहेको थियो ।

YOUR COMMENT HERE

प्रतिक्रिया