Bisal Chautari Logo

राजेश हमाल श्रीमतीसंग हनिमुन मनाउन अमेरिका जादै

- ३० फाल्गुन २०७१, शनिबार ११:५८ मा प्रकाशित


Rajesh Hamal, Mrs Madhu Bhattarai to celebrate honeymoon with the US going away
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ३०, शनिबार । बिबाहपछी महा–अभिनेता राजेश हमाल आफ्नी श्रीमतीलाई लिएर कुन देश हनिमुन मनाउन जान्छन् भन्ने धेरै मिडियामा समाचार बन्यो । तर लामो समय हमाल दाम्पति विदेशमा हनिमुन मनाउन गएनन् । गत जेठमा बिबाह गरेको यो जोडीले हनिमुनका लागि अमेरिका जाने मौका बल्ल पाएका छन् । बिबाहपछि राजेश हमाल र मधु भट्टराई हनिुमन मनाउन अमेरिका जाने भएका छन् ।

Rajesh Hamal, Mrs Madhu Bhattarai to celebrate honeymoon with the US going away
अभिनेता राजेश र उनकी श्रीमती मधु बिबाह लगत्तै हनिमुनका लागी अमेरिका जाने प्रयाश गरेपनि मधुको भीषा आवेदन ढिला भएकोले राजेश एक्लै अमेरिका उडेका थिए । दास्रो पटक तिहार छेकोमा पनि हमाल दम्पतिले अमेरिका जाने योजना बनाएका थिए । राजेशले काम गर्दै गरेको चलचित्र ‘बागमती’को सुटिङ नसकिएकाले भ्रमण रद्द गरेका थिए । एनआएएन अमेरिकाको २० देखि २२ मार्चसम्म वासिङटन डिसीमा हुने कार्यक्रमको मेलोमा उनिहरु अमेरिका जान लागेका हुन् । एनआरएनकै निम्तामा जान लागेका हमाल जोडीले पारिवारिक भेटघाट समेत गर्ने भएको छ । यसपालीको भ्रमण जम्मा नौ दिनको हुने भएको छ ।

प्रतिक्रिया