Bisal Chautari Logo

भोज बहादुरको ‘द ट्वीनिङ भिलेज’ को प्रिमियर

- २९ फाल्गुन २०७१, शुक्रबार ०२:५७ मा प्रकाशित


Bhoj Bahadur Gurung The Twining Village
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २९, शुक्रबार । नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी गाउा : द ट्वीनिङ भिलेज, एन अनब्रेकएबल बोण्ड अफ फ्रेण्डसिपको राजधानीमा बुधबार प्रिमियर गरिएको छ । सन् २००७ देखि कायम भएको यी दुई स्थानको दौत्य सम्बन्धले पारेको सकारात्मक प्रभावलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

Bhoj Bahadur Gurung The Twining Village
मुनाल फिल्मस् प्रालिले निर्माण गरेको वृत्तचित्रका छाायाकार, सम्पादक र निर्देशक भोजबहादुर गुरुङ हुन् । वृत्तचित्रको प्रिमियर गर्नु अघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र वृत्तचित्रका निर्देशक भोजलगायतले वृत्तचित्रको डिभीडी सार्वजनिक गरेका थिए । २५ मिनेट लामो वृत्तचित्रमा दौत्य सम्बन्ध कायम भएपछि यूकेमा रहेका स्थानीय र त्यहााका लाहुरे नेपालीले ताङतिङलाई गरेको विकासका सहयोग देखाइएको छ । राम्रो शिक्षा, स्वास्थ्यबाट बञ्चित ताङतिङका बालबालिका र समुदायलाई दौत्य सम्बन्धले दिएको सुविधालाई रोचक ढंगले वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
ताङतिङको विकासका लागि यूकेबासी गरेको योगदान र उनीहरुको ताङतिङ बुझाईलाई पनि वृत्तचित्रमा प्रस्तुत गरिएको छ । विद्यालय भवन निर्माणदेखि स्वास्थ्य शिविर र स्थानीय स्वास्थ्य चौकीलाई आवश्यक औषधि सहयोग गरिएको कथा पनि वृत्तचित्रमा छ । यो बाहेक ताङतिङमा रहेको स्थानीय गुरुङ समुदायको संस्कृतिलाई पनि वृत्तचित्रमा हेर्न पाइन्छ ।
वृत्तचित्र हेरेपछि पूर्व मेजर गुरुङले मातृभूमि र आफ्नो गाउाको लागि भोजले गरेको कामको प्रशंसा गर्दै उनीजस्तै अन्य नेपालीले पनि आफ्नो जन्मथलोका लागि काम गर्नुपर्ने सुझाव दिए । प्रमुख अतिथि डा. चालिसेले दुई स्थानबीचको दौत्य सम्बन्ध कायम गर्दाको क्षण स्मरण गर्दै दुवै गाउाका लागि महत्वपूर्ण रहेको बताए । उनले नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्धले नेपालको विकासमा नयाा आयाम थपेको खुलाए ।
वृत्तचित्र निर्माता भोजले ताङतिङको विकासका लागि आफुले वृत्तचित्रको विभिन्न स्थानमा च्यारिटी शो गर्ने र त्यसवापतको रकम गाउाको विविध क्षेत्रमा खर्च गर्ने बताए । वृत्तचित्रमा जीत गुरुङले सबटाइटल गरेका छन् ।

प्रतिक्रिया