Bisal Chautari Logo

विमान दुर्घटनाका कारण रेखा थापाको होली नेपालमा

- २१ फाल्गुन २०७१, बिहीबार १८:५० मा प्रकाशित


rekha thapa holi in nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २१, बिहिबार । अभिनेत्री रेखा थापाले आज नेपाली चलचित्र क्षेत्रसंग संवद्ध सबैसंग होलीको रंग साटेकी छिन् । आज राजधानी स्थित रेड स्टुडियोमा सहभागी हुने र होली खेल्नेको भिडभाडमा रेखाले आगन्तुकलाई रङले स्वागत गरिन् ।

rekha thapa holi in nepal
तर अभिनेत्री रेखा थापा भने आज इण्डिया जाने कार्यक्रम थियो । भोलि हुने इन्डियाको ‘होली हंगामा’ नामक कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम थियो । अभिनेत्री थापा इण्डिया नजानको कारण भने दुर्घटनाग्रस्त टकिर्स एयरको विमान रहेको छ । सो विमान हटाउन नसक्दा मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल दुई दिनदेखि अवद्ध छ । बुधबारदेखि एउटा पनि अन्तराष्ट्रिय उडान हुन सकेको छैन भने हजारौ यात्रु काठमाडौं र बाहिरका विमानस्थलमा अलपत्र परेका छन् ।
रेखासंगै कार्यक्रममा सहभागी हुने सञ्चारकर्मी श्याम अर्यालले यस विषयमा जानकारी दिदै भने ‘एअरपोर्टमा देखिएको असुविधाले गर्दा हामी सहभागी हुन् नपाउने भयौ तर शनिवार देखिको कर्यक्रममा भने सहभागी हुने छौ ।’ भोलि एअरपोर्टको समस्या समाधान भएमा इन्डिया तर्फ लाग्ने श्यामले जनाए । सुरत, अहमदाबाद, पुना, मुम्बई लगायतका दश स्थानमा हुने यस कार्यक्रममा श्यामले उद्घोषण गर्नेछन् ।
टर्कीको राजधानी इस्तानबुलबाट २ सय २३ यात्रु सहित काठमाडौं आईपुगेको टकिर्स एयरलाइन्सको विमान बुधबार बिहान पौने ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घट्ना भएको थियो । यसै कारण रेखा भोलि गुजरातको राजकोटमा हुने ‘होली हंगामा’ मा सहभागी हुन् नपाउने भएकी छिन् ।

प्रतिक्रिया