milan chams music video direction
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २०, बुधबार । भिडियो डाइरेशनका बाद शाह नै मानिने मिलन चाम्सले पछिल्लो चोटी मुस्ताङमा सुटिङ सम्पन्न गरेका छन् । गीतकार निर्मला राई परिवेशको दोस्रो एल्बम ‘रोशना’मा समावेश गीतहरुको म्युजिक भिडियो सुटिङ गरिएको हो ।
छिट्टै रिलिज गर्न लागिएको म्युजिक भिडियोमा निर्देशक चाम्सले अभिनेत्रीहरु सञ्चिता लुइटेल, नन्दिता केसी, आयुसा राई, अभिनेता अनुप विक्रम शाही, मोडल प्रज्वल गिरी, बिक्की जोशी लगायतलाई लिएका छन् ।
राम कुमार केसीले खिचेको म्युजिक भिडियोमा मनिशा डंगोल श्रेष्ठको कस्टम रहेको छ । डाइरेक्टर समेत रहेका मिलन चाम्सले नै म्युजिक भिडियोको इडिटिङपनि गर्नेछन् ।
एउटा सिनेमाका लागी आवश्यक परेको लोकेशनमा सुटिङ गर्न पछि परिरहेको समयमा निर्देशक चाम्सले मुस्ताङमा सुटिङ सम्पन्न गरेका छन् । यही बिषयमा बोल्दै निर्देशक चाम्सले भने ‘मैले अहिले सम्म बनाएको म्युजिक भिडियोहरु भन्दा अझ बढी अपेक्षा यो म्युजिक भिडियोमा रहेको छ ।’
प्रतिक्रिया