Rekha Thapa says, From now on documentary to weak evil thing
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १६, शनिबार । अभिनेत्री रेखा थापाले धेरै जसो अन्र्तवार्तामा भन्ने गरेकी छन्, ‘दर्शकलाई मनोरञ्जन गराउने फिल्म दिनुपर्छ, डकुमेन्ट्री होइन ।’ यसर्थ रेखा थापा डकुमेन्ट्रीको पक्षधर होइनन्, उनी बिरोधी हुन् । विशेषत: फरक धारका निर्देशकलाई लक्षित गर्दै डकुमेन्ट्री मेकर भन्दै घोचपेच गर्ने निर्माता एवं निर्देशक समेत रहेकी रेखा थापाले अब भने डकुमेन्ट्रीलाई नहेप्ने बताएकी छन् ।
राजधानीमा आयोजित ‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिभल २०१५’ को उद्घाटनमा विशेष अतिथि बनेकी अभिनेत्री, निर्माता एवं निर्देशक रेखा थापाले यस प्रकारको अभिव्यक्ति दिएकी हुन् । पहिलो पटक कुनै पनि फिल्म फेस्टिभलको उद्घाटन समारोहमा सहभागी भएकी रेखाले आफ्नो मन्तव्य दिने क्रममा भनिन्, ‘डकुमेन्ट्री पनि यति राम्रो हुन्छ भन्ने मैंले सोचेको पनि थिईंन । नेपाली फिल्म डकुमेन्ट्री जस्तो बन्यो भनेर म स्वयम् गाली गर्ने गर्थें । तर, अब आइन्दा म डकुमेन्ट्री फिल्मलाई हेप्दिंन । मैंले सोचे भन्दा धेरै राम्रो डकुमेन्ट्री हेर्न पाएा ।’
नेपाल खेलकुद महासंघले पहिलो पटक आयोजना गरेको ‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिभल २०१५’ को अभिनेत्री रेखा थापा र राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्काले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रेखा र हरीले एभ्रेष्ट म्याराथुनका विश्व किर्तिमानी नेपाली धावक हरी बहादुर रोकायमाथि निर्माण भएको ‘हरी बहादुर’ को संयुक्त रुपमा उद्घाटन गरे । टिएस ठकुरी र जेएन शाह निर्देशित यो डकुमेन्ट्री ४० मिनेट लामो छ । त्यस्तै गिरीस गिरी निर्देशित ३० मिनेट लामो ‘टिम नेपाल’ को पनि फेस्टिभलमा शो गरियो ।
खेलकुद सम्बन्धी निर्माण भएका दुई वटा डकुमेन्ट्री हेरेपछि अभिनेत्री रेखा थापाले समाजको वास्तविक हिरो खेलाडी रहेको समेत बताइन् । विद्यालय पढ्ता करााते सिकेकी रेखाले भनिन्, ‘देशको वास्तविक हिरो खेलडी हुन् । हामी कलाकार त समाजका प्रतिनिधि पात्र मात्रै हौं ।’ रेखा फिल्मस्बाट निर्देशक सविर श्रेष्ठलाई लिएर ‘राम प्यारी’ निर्माणमा जुटेकी रेखाले निकट भविष्यमा खेलकुदको विषयलाई लिएर पनि फिल्म निर्माण गर्ने योजना रहेको खुलाइन् ।
‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिभल २०१५’ को पहिलो दिनमा खेलकुद सम्बन्धी ७ वटा डकुमेन्ट्री देखाइनेछ । फेस्टिभलको दोश्रो दिन खेलकुद सम्बन्धी नै ६ वटा डकुमेन्ट्री देखाइनेछ । स्पार्टस् सम्बन्धी फिल्म फेस्टिभल नेपालमा पहिलो पटक आयोजना भएको हो । ‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिभल २०१५’ को पहिलो संस्करणलाई मोडल ग्लोबल भिसाज् कन्सलटेन्सीले प्रायोजन गरेको छ ।
प्रतिक्रिया