Bisal Chautari Logo

मेलिनाको स्वरमा प्रियंकाको जवानी छल्केपछि ? (भिडियो सहित)

- १४ फाल्गुन २०७१, बिहीबार ०९:०० मा प्रकाशित


Melina Rai song priyanka karki pani jhai chhalkiyo jawani
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १४, बिहिबार । पछिल्लो समय चलचित्रमा निकै ब्यास्त बन्दै गइरहेकी गायिका मेलिना राईको स्वरमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कर्की ‘पानी झै छल्कियो जवानी’ बोलका गीतमा छमछमि नाचेकी छिन् ।

Melina Rai song priyanka karki pani jhai chhalkiyo jawani (1)
प्रसंग हो गीत संगीतकै कारण यसअघिका २ सिक्वेल सुपरहिट भैसकेको चलचित्र ‘नाई नभन्नु ल ३’ को गीतको । लामो समयपछि नेपाली चलचित्रमा लोक लयको गीत सार्वजनिक भएको हो । फरक–फरक संगीत गर्नमा माहिर चर्चित संगीतकार बसन्त सापकोटाले ‘कम्बर माथि पटुकी’ बोलको गीतलाई पुरै लोक लयमा ढालेका छन् ।

Melina Rai song priyanka karki pani jhai chhalkiyo jawani (2)
विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको चलचित्रको ‘कम्बर माथि पटुकी’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन सिग्देललाई फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र प्रल्हाद तिमिल्सिनाको आवाज छ ।
चलचित्रमा सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, आर्यन सिग्देल, प्रियंका कार्की, गरिमा पन्त, मुकेश ढकाल, संयम पुरी, आश्मा डीसीको साथमा बाल–कलाकार अनुभव रेग्मीको मुख्य भूमिका छ । चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Nai Nabhannu La 3 || Kammar Mathi Patuki || Official Song

Nai Nabhannu La 3
Starting: Anuvab Regmi,Priyanka,Aryan,Suraj Singh,Sanchita ETC.
Kammar Mathi Patuki …
Singer: Prahlad Timilsina/Malina Rai
Lyric/Music: Basanta Sapkota
Arranger: Maharaj Thapa
Camera: Purusotam Pradhan
Choreography: Kabiraj Gahatraj
Editor: Arjun GC
Production Controller: Uttam KC
Background Music: Alish Karki
Film of Bikash Aacharya
Direction:Muskan Dhakal

प्रतिक्रिया