Bisal Chautari Logo

वरिष्ठ निर्देशक लक्ष्मीनाथ देखी विश्वकै कान्छा निर्देशक सौगात सम्मानित

- ११ फाल्गुन २०७१, सोमबार १८:२३ मा प्रकाशित


laxmi nath sharma and saugat bista awarded
विशाल चौतारी समाचार
धरान, २०७१, फल्गुन ११, सोमबार । वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम एजिभमेन्ट अवार्ड पाउदा विश्वकै कन्छा निर्देशकमा गिनिज बुकमा नाम लेखाएका सौगात विष्टलाई ‘प्रोत्साहान सम्मान’ प्रदान गरिएको छ ।

laxmi nath sharma and saugat bista awarded
आफ्नो स्थापनाको पहिलो वर्ष पुरा भएको अवसरमा नेपाली सिनेमा सम्बन्धी समाचार सम्प्रेशन गर्दै आएको वेवसाइट ‘फिल्मी बजार डट कम’ले विभिन्न सिनेकर्मी एवम् रगं पत्रकारहरुलाई सम्मानित गरेको हो । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै उक्त वेवसाइटले वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम एजिभमेन्ट अवार्ड प्रदान गर्यो । निर्देशक शर्मालाई संचारमन्त्री डा. मिनेन्द्र रिजालले सम्मान प्रदान गरेका थिए ।

laxmi nath sharma and saugat bista awarded (4)
त्यस्तै गिनिज बुक अफ वल्ड रेकड्समा कान्छा फिल्म निर्देशकको कितिर्मान भर्खरै राखेका सौगात विष्टलाई ‘प्रोत्साहान सम्मान’ दिइयो । उता नेपालकी प्रथम अभिनेत्री भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ले सम्मानित गरियो । अभिनेत्री शिल्पा पोखरेललाई ‘नवप्रतिभा सम्मान’ले सम्मानित गर्दा नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’ र छायाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’ले सम्मानित गरियो ।

laxmi nath sharma and saugat bista awarded (3)

चलचित्र पत्रकारितातर्फको ‘चलचित्र पत्रकारिता सम्मान’ बाट रजतपटका प्रकाश सुबेदी ( टेलिभिजन तर्फ), कामना प्रकाशनका बिदुर गिरी (पत्रिका तर्फ) र फिल्मीखबर डट कमका सुमन गैरे (अनलाइन तर्फ) सम्मानित भए ।

प्रतिक्रिया