Bisal Chautari Logo

ओस्कार अवाडमा बर्डम्यान उत्कृष्ट, एडी बेष्ट अभिनेता

- ११ फाल्गुन २०७१, सोमबार १०:०२ मा प्रकाशित


87th Annual Academy Awards: Birdman Best Picture Oscar and eddie redmayne best actor
एजेन्सी
ल्सएन्जलस, २०७१, फल्गुन ११, सोमबार । विश्व चलचित्र उद्योगको सर्वाधिक चचिर्त ओस्कार अवार्डको आइतबार राति भएको ८७ औं संस्करणमा चार विधामा अवार्ड जित्दै ‘बर्डम्यान’ उत्कृष्ट फिल्म बनको छ । चलचित्रका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशक विधामा अवार्ड पाएको छ ।

87th Annual Academy Awards Birdman Best Picture Oscar and eddie redmayne best actor (3)
वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित चलचित्र ‘द थेअरी अफ इभ्री थिंग’ का अभिनेता एडी रेडमायनेलाई बेस्ट अभिनेताको अर्वाड प्रदान गरिएको छ । चलचित्र ‘स्टिल एलिस’बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

87th Annual Academy Awards Birdman Best Picture Oscar and eddie redmayne best actor (1)
उत्कृष्ट सहअभिनेताको अवार्ड ‘ह्विलेस’ फिल्मका जेके सिमन्सलाई दिइएको छ । त्यस्तै व्याइहुड फिल्मकी प्रिटेसिया आर्केटले उत्कृष्ट सहअभिनेत्रीको उपाधी जितेकी छन् । एनिमेटेड चलचित्रमा ‘विग हिरो ६’ उत्कृष्ट बनेको छ भने पोल्याण्डको ‘इडा’ फिल्मले विदेशी भाषाको उत्कृष्ट फिल्मको अवार्ड जितको छ ।

87th Annual Academy Awards Birdman Best Picture Oscar and eddie redmayne best actor (2)

ओस्कार जित्ने मुख्य विजेताहरु :

बेस्ट कस्ट्यूम डिजाइन : मिलेना कानोनेरो, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट मेकअप र हेयर स्टाइल : फ्रान्सिस हैनन और मार्क कलियर, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट फरेन ल्याङग्वेज : पावेल पावलेकोविस्की, फिल्म ‘इदा’ (यूके)
बेस्ट सर्ट फिल्म, लाइव एक्शन : मेट क्रिकेबाय र जेम्स लुकास, फिल्म ‘द फोन कल’
बेस्ट डकुमेन्ट्री, सर्ट सबजेक्ट : एलेन गूसनबर्ग केंट र दाना पेरी, फिल्म ‘क्राइसिस हटलाइन : वेटरन प्रेस १
बेस्ट साउण्ड मिक्सिङ : क्रेग मान, बेन विल्किन्स, थोमस क्रुले, फिल्म ‘विपलेश’
बेस्ट साउण्ड एडिटिङ : एलन रोबर्ट मरे, बुब असमन, फिल्म ‘अमेरिकन स्नाइपर’ (२०१४)
बेस्ट फिचर एनिमेशन फिल्म : बिग हीरो ६
बेस्ट भिजुअल इफेक्ट : इन्टरस्टैलर
बेस्ट प्रोडक्शन डिजाइन : द ग्रैण्ड बुडापेस्ट होटल
बेस्ट डकुमेन्ट्री फिचर– सिटिजन फोर
बेस्ट एडिटिङ– व्हिपलेश
सर्वश्रेष्ठ अभिनेता : ऐडी रेडमायने, फिल्म ‘द थ्योरी अफ एभ्रिथिङग’
सर्वश्रेष्ठ अभिनेत्री : जुलियन मूर, फिल्म ‘स्टिल एलिस’
सर्वश्रेष्ठ निर्देशक : अलेजान्द्रो जी इर्नारितु, फिल्म ‘बर्डमैन’
बेस्ट सपोटिंर्ङ एक्टर : जे.के. सिमन्स, फिल्म ‘व्हिपलैश’
बेस्ट सपोटिङ एक्ट्रेस : पेट्िरका, फिल्म ‘ब्वाइहुड’
उत्कृष्ठ फिल्म : बर्डमैन

प्रतिक्रिया