Bisal Chautari Logo

बौद्धमा गोलि चल्दा एक गम्भिर घाईते

- ११ आश्विन २०७०, शुक्रबार ०४:४७ मा प्रकाशित


११ असोज, काठमाडौ । अज्ञात समूहले राजधानीको बौद्धमा गोली चलाउँदा एक जना घाईते भएका छन् । जोरपाटीको सुबास पार्टी प्यालेस पछाडि आज विहान गोली चल्दा भारत मोतीहारी घर भएका कपडा सिलाईको काम गर्ने मोहम्मद सनसुल्ल्लाहको पेटमा गोली लागेको बौद्ध प्रहरी बृतका डिएसपी मनोज केसीले बताए ।सनसुल्लाहको पेटमा गोली लागेको छ । गोली चल्नुको कारण थाहा हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकलमा चढेर आएका दुई जनाले गोली चलाएका थिए ।

प्रतिक्रिया