Bisal Chautari Logo

गायिका तारालाई स्रष्टाको साथ

- १० फाल्गुन २०७१, आईतवार १२:२९ मा प्रकाशित


Tara Thapa help artists
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १०, आइतबार । क्यान्सर पीडित चर्चित गायिका तारा थापालाई शनिबार अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) ले सम्मान गरेको छ । गायिका थापालाई दोसल्ला ओढाएर सम्मानसँगै १ लाख एक हजार पाँच सय रुपैयाँ पनि प्रदान गरियो । गायिका मीरा राणाको अग्रसरतामा रकम संकलन गरी हस्तान्तरण गरिएको हो ।

Tara Thapa help artists
त्यस्तै कार्यक्रममा गायक दीप श्रेष्ठको अग्रसरतामा संकलित एक लाख ८० हजार रुपैयाँ पनि उपचारार्थ प्रदान गरियो । साथै, गीतकार समाज नेपालले ५० हजार, प्रस्तोता समाज अध्यक्षसमेत रहेका गायक हेमन्त शर्माले १२ हजार, संगीतकार राजु सिंहले पाँच हजार, एसके फिल्मस्ले पाँच हजारसहित व्यक्तिगत रुपमा समेत सहयोग रकम प्रदान गरिएको थियो ।
गायिका तारा थापाको गीतहरु अहिलेपनि श्रोताहरुमाझ चर्चित रहेको छ । कुनै जमानाका ब्यास्त गायिका तारा अहिलेपनि युवा पुस्ता माझ साङ्गीतिक कन्सर्टहरुमा ब्यास्त हुने गरेका छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8552,8551,8550″]

प्रतिक्रिया