Bisal Chautari Logo

फिलिपिन्सकी मेगन मिस वल्ड २०१३, पहिलो चोटि नेपालकि इशानी टप १० मा

- १३ आश्विन २०७०, आईतवार ०४:१९ मा प्रकाशित


१३ असोज, काठमाडौं । इण्डोनेसियामा शनिबार सम्पन मिस वल्र्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् । मिस नेपालले मिस वल्डमा पहिलो चोटि टप १०मा पर्नपनि सफल भएको हो ।‘ब्युटी वीथ पर्पोज’को टाइटल विजेता बनेर टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वल्र्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए ।
मिस वल्र्ड मेगन योङ 

मिस वल्र्डको उपाधि भने फिलिपिन्सकी सुन्दरी २३ वर्षीया मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वल्र्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्‍याइदिइन् । यस्तै फ्रन्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।
मिस वल्ड टप १० घोषणा 


मिस वल्ड व्युटि वीथ पर्पोज विजेता मिस नेपाल इशानिको नृत्य
http://www.youtube.com/watch?v=4th8Fxmx3sE

प्रतिक्रिया