Bisal Chautari Logo

साहित्य तथा साङ्गितिक क्षेत्रमा ‘अलग अभिनयान’को अलग पहिचान

- १३ आश्विन २०७०, आईतवार ०६:३७ मा प्रकाशित


–विशाल राई
१३ असोज, काठमाडौ । साहित्य तथा साङ्गितिक क्षेत्रमा छुट्टै विचार धारणा बोकेको ‘अलग अभिनयान’ पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गईरहेको छ । युवा साहित्यकार नाकिमाको लामो मेहेनत र प्रयासपछि अहिले नव कलाकारदेखि चर्चित कलाकारकालागि पनि ‘अलग अभिनयान’ उदाहरणीय बन्न थालेको छ ।मसिक कार्यक्रम ‘अलग अभिनयान’को चौथो सृङ्खला हिजो असार १२ गते शनिवारको दिन ललितपुरको एक हलमा सम्पन्न भएको छ । वरिष्ठ गितकार तथा कवि भुपाल राईको विशेष आतिथ्य तथा अन्य उपस्थित कलाकारहरु अतिथिको रुपमा रहेर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुन भन्दा अगाडि नाम सहित कलाकार र नव कलाकारहरुले क्रमैसंग एउटा हाजिर कापिमा लेख्दै गए, कसैले गायन त कसैले कविता । कार्यक्रमको सुरुवाति त्यहि हाजिर कापिबाट जस्को नाम पहिले लेखिएको थियो, त्यहिबाट सुरु गरियो ।कार्यक्रमको सुरुवातिमा कलाकार मृगेन राईको नाम अगाडि आएकाले उनैले पहिलो प्रस्तुति गित गाए । त्यस्तै पछिल्लो समयमा ‘लाहुरे दाईको छोरीले’ बोलको गितबाट दर्शकहरुको साथ पाइरहेका गायक रेवत राईले एउटा आफ्नो संगित तथा स्वरमा गित सुनाए । गायक रेवत अहिले एल्वमको तयारीमा रहेको कार्यक्रममा बताएका थिए । त्यस्तै कार्यक्रममा गायक प्रदिपहाङ राईलेपनि नया प्रस्तुति गित गाएर उपस्थित सम्पुर्ण कलाकारबाट तालि पाए । निकै हर्सिद मुद्रमा संगितकार तथा रेडियो जक्कि भिमसेना राईलेपनि कार्यक्रमको विचतिर गित प्रस्तुत गरेका थिए । कार्यक्रममा मण्डल साङपाङ, नविन राई, अमर चाम्लिङ निश्चल राई लगायतलेपनि नया शब्द तथा संगितमा गित गाएका थिए । 
कार्यक्रमको विच भागमा विशेष अतिथि तथा वरिष्ठ गितकार कवि भुपाल राईले विषेश कविताहरु वाचन गरेर सुनाए । तन्नेरिहरुको माझमा रहेर कविता वाचन गरिरहेका भुपाल राईले यो उमेरमापनि तन्नेरी झै लागिरहेका थिए । उनले विशेष रुपमा ‘रामप्रसाद–२००८’ शिर्षकको कविता वाचन गरेर सुनाए । 
   ‘रामप्रसाद–२००८’  
म मरेको छैन
अझै म ज्युदै छु, 
एकतर्फि दौडिरहेको इतिहासको राजमार्ग
र किनारमा एक्लो
फुङ्ग उडेको आफ्नो तस्विर
मैले लडेको आधा शिविरबाट………………..
कार्यक्रममा विशिष्ठ अतिथि राईले अन्य कविताहरुपनि सुनाएका थिए ।
कार्यक्रममा सबै स्रष्ठाहरुको आग्रहमा युवा कवि तथा गितकार नाकिमाले एउटा कविता सुनाए । भोगेन एक्ले, विशद, नदिश, बम बानिया, धनहिरा राई लगायतले कविता कार्यक्रममा सुनाएका थिए । कार्यक्रमको अन्त्यमा विशिष्ठ अतिथि राईले कार्यक्रमको बारेमा बोल्दै उत्कृष्ठ कार्यक्रमको भएको बताए । भने–‘विशेष गरेर नव स्रष्ठाहरु, मिडिया सम्म पहुच नहुने नव स्रष्ठाका लागि साच्चिकै सहि गन्तव्य रहेछ ।’ कार्यक्रमको बारेमा सुझव दिदिै विशेष अतिथि राईले कार्यक्रमलाई कहिलेकाहि एउटा बसाईमा एउटै कलाकार, स्रष्ठाको प्रतिभा सुनेर प्रश्नोत्तर गर्दा राम्रो हुने बताए । कार्यक्रमको बारेमा मिडिया पार्टनर विशाल चौतारी डटकममा हेर्न सकिन्छ ।

प्रतिक्रिया