Bisal Chautari Logo

अहिलेका युवा पिडीको लभ ‘अधुरो सपना’ जस्तै हुन सक्छ

- १३ आश्विन २०७०, आईतवार १६:४८ मा प्रकाशित


१३ असोज, काठमाडौ । समयको अन्तरालमा युवाहरुको लभमापनि विभिन्न परिवर्तन आईरहेको हुन्छ । त्यस्तै फरक धार अहिलेका युवा पिडीलाई लक्षित गरेर बनाईएको लभ स्टोरीमा आधारित चलचित्र ‘अधुरो सपना’ बडा दशैको अवसर पारेर प्रर्दशनमा आउने भएको छ । दिपक फिल्मस् र हरियाली म्युजिक प्रा.लि को ब्यानरमा राज दोङ र जोनिस पाख्रीनको संयुक्त लगानीमा बनेको नेपाली कथानक चलचित्र अधुरो सपना असोज १९ गते बाट प्रदर्शनीमा आउने भएको छ । नेपालीहरुको महान चाद दशैंको शुभ अवशर पारी घटस्थापनाको दिन च्यारीटी सो बाट चलचित्र रिलिज गर्न लागेको निर्माता राज दोङले विशाल चौतारीलाई बताए ।
लभ स्टोरीमा आधारित यो चलचित्रको निर्देशन तथा लेखन दिपक लामाको रहेको छ । नव प्रवेसी नायक सिरी लामा र नायिका मिना गौतमले अभिनय गरेको यस चलचित्रमा गायन तथा संगीत राज दोङको रहेको छ । त्यस्तै गायीका लक्ष्मी तामाङले पनि चलचित्रको गीतमा स्वर दिएकी छिन् भने चलचित्रमा गीतकार जितेन्द्र रसिक र राजदोड कै शव्द रहेको छ । २०५२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतिर्ण गरेको गायक राज दोङले गायन सागै अभिनय क्षेत्रमा पनि हात हालेका हुन् । उनले चरि भंगेरी, डम्फु ठोकेर, जालमाया सोके, बरको चौतारी, मेलम्ची गाउको होई मैच्याङ, आस्याङको छोरी सोल्टिनी गरि आधा दर्जन गीति एल्वम बजारमा ल्याएका छन् । उनी लोक  र सेलो गायन क्षेत्रमा लामो समय विताइसकेका गायक हुन् । चलचित्रमा निर्माता तथा गायक दोङ पनि अभिनयमा देखिनेछन् । दोङले भने अभिनयमा पनि इच्छा जागेकोले यो क्षेत्रमा हात हालेको हुा । चलचित्रमा दोङ डक्टरको भुमिकामा देखिनेछन् ।  ्नेपाली समाजमा विभिन्न प्रलोभन र धनी पुरुषहरु प्रति लोभिएर विवाहित नेपाली महिलाहरुले आफ्नो पतिलाई बाराम्वार धोका दिने प्रवृत्ती कथामा उनिएको छ । प्रमुख महिलापात्रले श्रीमानले बाराम्वार माफि दिादा पनि माफीलाई कमजोरी थानेर परपुरषसाग हिंड्ने र अन्तमा विहे नै गरेर घरछोड्छिन अन्तत: महिला प्रमुख पात्र (नायिका) अर्को विहेबाट पनि सन्तुष्टि हुादैनन् र पुरानै श्रीमानसाग जीवन विताउने निर्णय पुग्छिन् । अन्तत: उनी पुरानै श्रीमानसाग माफी मागेर सागै जीवन यापन गर्ने निक्यौलमा पुग्दा श्रीमानले अर्कै विबाह गरिसकेकी हुन्छिन् । र अन्तमा महिला जीवन भर पछुटाएर  जीवन विताउाछिन् । यसरी वियोगान्तमा पुगेर चलचित्रको अन्त भएको । चलचित्रमा द्धण्द डेविड लामाको रहेको छ भने छाायााकन शिशिर पोख्रेलको रहेको छ ।

प्रतिक्रिया