Bisal Chautari Logo

स्व. आलोकको ‘अझै पनि’लाई युनिभर्सल प्रमाणपत्र

- ५ फाल्गुन २०७१, मंगलवार ०७:४५ मा प्रकाशित


Alok Nembang last movie AJHAI PANI universal certificate
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ५, मंगलबार । स्व. आलोक नेम्वाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ ले युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र प्राप्त गरेको छ । अभिनेता सुर्दशन थापा र अभिनेत्री पुजा शर्माद्धरा अभिनित सिनेमाले हिजो सोमवार साझ चलचित्र जाँचपास समितीले यस चलचित्रका सबै दृश्यलाई मान्यता दिँदै यूनिभर्सल बनाएको हो ।

Alok Nembang last movie AJHAI PANI universal certificate
फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने चलचित्रले नारीको गहना सिन्दुर–पोतेको महत्व तथा युवा–युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताईन् । अर्का निर्माता तथा अभिनेता सुदर्शन थापाले यो चलचित्र नेपालीकोलागी अति नै मिठो उपहार रहेको बताए ।
यसअघि ”मेरो एउटा साथी छ”, ”मेरो लभ स्टोरी”, ”धन्दा” तथा ”मधुमास” जस्ता चलचित्र निर्देशन गरेर ख्याती कमाईसकेका सुदर्शन थापाको अभिनय रहेको यो पहिलो चलचित्र हो । सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका लेखक रामशरण पाठक हुन् ।
राजेश श्रेष्ठको छायांकन रहेको ‘अझै पनि’का सम्पादक प्रितम पाण्डे हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया