Bisal Chautari Logo

‘मिसन पैसा–२’ को अडियो लञ्चमा दुई निर्माताले सम्वन्धबारे के बोले ?

- ४ फाल्गुन २०७१, सोमबार १७:५४ मा प्रकाशित


Mission Paisa 2 Reloaded Producer Madhav Wagle and Narendra Maharjan
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, फल्गुन ४, सोमबार । लामो समयदेखी रिलिजमा पछाडी परेको चलचित्र ‘मिसन पैसा २’को अडियो विमोचन गरिएको छ । फागुन १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको आज काठमण्डौमा एक पत्रकार सम्मेलन आयोजना गरि सिनेमाका कलाकार तथा निर्माताले अडियो बिमोचन गरे ।

Mission Paisa 2 Reloaded Producer Madhav Wagle and Narendra Maharjan
कार्यक्रम अडियो विमोचन भएपनि माहोल भने सिनेमाका निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेको सम्बन्धको बारेमा खुबै चर्चा भयो । बोल्ने क्रममा निर्माता माधव वाग्लेले नरेन्द्र महर्जनलाई ‘त्यो को हो ?’ बिहान बिहे गरेका श्रीमान् श्रीमती त बेलुकासम्म छुटिन्छन् भने हामीहरु अलग हुनु कुनै नौलो कुरा होइन’ निर्माता वाग्लेले बताए । उनले थप्दै नरेन्द्र महर्जनले आफुलाई यो सिनेमा क्षेत्रमा ल्याएको बताउदै नरेन्द्रलाई फेरी आफूले निर्माताको रुपमा चिनाएको बताए ।
यस्तै, सिनेमाका निर्माता तथा वितरक नरेन्द्र महर्जनले माधव वाग्लेलाई आफूले यो क्षेत्रमा ल्याएको बताउदै अलग हुनु नयाँ कुरा नभएको बताए । भने ‘माधव वाग्ले आएपछि आफूले निर्माताको रुपमा ध्यान दिएको भन्दै यही परिचयले चिनिएको बताए ।

Mission Paisa 2 Reloaded Aamir Gautam, Resh Marhattha and Harshika Shrestha
कार्यक्रममा ढिला पुगेकी अभिनेत्री हर्षिका श्रेष्ठले आफूलाई दर्शकले ‘बोल्ड नायिका’ भनेर चिनेकोमा खुशी ब्याक्त गरिन् । उता अभिनेतादय अमिर गौतम र रेश महरठ्ठाले चलचित्र ढिलो प्रदर्शनमा आएपनि राम्रो बनेको बताए । चलचित्र ढिलो प्रदर्शनमा आउनुको कारण निर्देशक सिमोस सुनुवार भएको माधव वाग्लेको आरोप थियो । निर्माता वाग्लेले चलचित्र ढिलो आउनुको पछाडि पनि सिमोसको नै हात भएको बताउँदै चलेपनि–नचलेपनि उसैले जिम्मा लिनुपर्ने बताए ।
कार्यक्रममा चलचित्रको ट्रेलर र २ गीत पनि देखाइएको थियो । चलचित्रमा रेश महरठ्ठा, आमिर गौतम, हर्षिका श्रेष्ठ र निशा अधिकारीको मुख्य भूमिका छ । सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रलाई एक्सनको नयाँ शैली भनिएको छ । नेपाली चलचित्रमा आजसम्म प्रयोग नभएका एक्सनका शैलीलाई यो चलचित्रमा देखाइएको निर्माणपक्षको भनाई छ ।

प्रतिक्रिया