Bisal Chautari Logo

छोटा फिल्म फेस्टिभल ‘एकादेशमा’ केकी र सुजाताको फिल्म उत्कृष्ट

- १४ आश्विन २०७०, सोमबार १५:४० मा प्रकाशित


१४ असोज, काठमाडौ । छोटा फिल्मको पर्व एकादेशमा ‘सावित्री’ र ‘मानषी’ फिल्म उत्कृष्ट भएका छन् । स्टुडेन्टस् फिल्म मेकरर्सको प्रतिस्पर्धामा सुजित विडारी निर्देशित फिल्म ‘सावित्री’ उत्कृष्ट ठहरियो । उत्कृष्टता सँगै ‘सावित्री’लाई २५ हजार नगद पुरस्कार प्रदान गरियो ।भवानी भिक्षुको द टाइपिस्ट कथामा आधारित ‘सावित्री’ फिल्मले मध्यम वर्गीय पत्नीको मनोदशालाई देखाउन खोजेको छ । अभिनेत्री केकी अधिकारी ‘सावित्री’ फिल्मको मुख्य पात्र हुन् । मास्टर्स तेस्रो वर्षको अन्तिम परिक्षा दिइरहेकी केकी परिक्षाका कारण पुरस्कार वितरण समारोहमा उपस्थित भइनन् । ‘सावित्री’मा रिलिजको क्रममा रहेको फिल्म ‘वनफूल’की अभिनेत्री मञ्जु देवकोटाले पनि अभिनय गरेकी छिन् । त्यस्तै किरण पोखरेल निर्देशित फिल्म ‘मानषी’ स्वदेशी तथा विदेशी छोटा फिल्महरुको प्रतिस्पर्धामा उत्कृष्ट भयो । यो फिल्मलाई पुरस्कार स्वरुप ३० हजार रकम प्रदान गरियो । ‘मानषी’मा सुजाता कोइराला मुख्य रोलमा छिन् । मञ्जरी डेव्यु सुजाताले आफ्नो फिल्म उत्कृष्ट भएकोमा खुसी व्यक्त गरिन् । ३ दिन सम्म राजधानीमा चलेको एकादेशमा फिल्म मेला आइतबार सर्वनाम थिएटरमा सम्पन्न भयो । अन्डरग्राउन्ड टाकिजले मेलाको दोस्रो संस्करण सफल भएको जानकारी गरायो ।

प्रतिक्रिया