Bisal Chautari Logo

अलग अभियानमा गुञ्जियो प्रेम विषयक गीत कविताहरु

- ३ फाल्गुन २०७१, आईतवार ०७:२२ मा प्रकाशित


abha mukarung rai Alag Abhiyan Fagun 2071
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ३, आइतबार । साहित्य र सङ्गीतको अभियान अलग अभियानको फागुन शृङ्खलामा प्रेम विषयक गीत र कविताहरु प्रस्तुत भएका छन् । फागुन शृङ्खलामा रेवत राई, बबिना किराती, सागर संसार राई, रेनी राई र नम्रता राईले नदीश, गोपालचन्द्र राई र भुवन राईको शब्दलाई मण्डल साम्पाङ, कैलाश राई र आनन्द राईको सङ्गीतमा प्रस्तुत गरे भने साङ्केन बान्तावा, नाकिमा, अविनाश भट्टराई, रोशन यक्सो, इना राई दिपन राई, प्रज्ज्वल अधिकारी लगायतले कविता वाचन गरे । abha mukarung rai Alag Abhiyan Fagun 2071
कार्यक्रमको अन्त्यमा अतिथि कवि जय छाङ्छाले आफ्ना केही प्रेम कविता सुनाए भने अतिथि गायिका आभा मुकारुङले आफ्ना प्रतिनिधि गीतहरु सुनाइन् । त्यसैगरी अब्राहम समले गिटार, रेशम मगरले तबला, पावल थुलुङले बाँसुरी, मण्डल साम्पाङले हार्मोनियम, सुक तुम्रोकले फोटोग्राफी र विजु जोशीले भिडियोग्राफीमा साथ दिएका थिए । अलग अभियानले हरेक महिना फरकफरक विषयक नयाँ गीत र कविताहरुको शृङ्खला आयोजना गर्दै आएको छ ।
तस्बिर : सुक तुम्रोक

प्रतिक्रिया