Bisal Chautari Logo

भ्यालेन्टाइन्स डेमा आनन्द काकी गुञ्जिने

- १ फाल्गुन २०७१, शुक्रबार ०८:५८ मा प्रकाशित


anand karki valentine day 2015anand karki valentine day 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १, शुक्रबार । भ्यालेन्टाइन्स डेको अवसर पारेर गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय रोमान्टिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रधान गर्ने भएका छन् । दर्जनौं रोमान्टिक गीतका यी सदावहार गायकले १४ फेब्रुअरी (शनिवार) कै दिन आयोजना हुने आफ्नो एकल गायन कार्यक्रममा आफ्ना कालजयी गीत प्रस्तुत गर्न लागेका हुन् ।

रोटरी क्लब अफ जावलाखेलले होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘एन इभिनिङ विद आनन्द कार्की : द म्युजिकल इभेन्ट’ मा गायक कार्कीले करिव डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा आनन्दले ‘भरे आउँछु सपनीमा’, ‘यी हल्लाहरु हुन्’, ‘गए जाला ज्यान’सहितका गीतहरु गाउनेछन् ।
गायक कार्कीको एकल गायन कार्यक्रममा गायिका सविना कार्कीले पनि साथ दिने भएकी छिन् । कार्यक्रममा सविनाले केही एकल सहित आनन्द कार्कीलाई युगल गीतमा साथ दिनेछिन् । एकल गायन कार्यक्रममा सात जना बाद्यवादकहरुले लाइभ म्युजिकमार्फत गायक–गायिकाहरुलाई साथ दिनेछन् । सांगीतिक समुह भ्वाइस द ब्याकअप ब्याण्डका संगीतकर्मीहरु वाद्यवादकको रुपमा सहभागि हुँदैछन् । जस अनुसार ढोकलमा भिपि सिंह, तबलामा कुन्दन शशांकर, बाँसुरीमा सम्पूर्ण लामा, किबोर्डमा प्रदीप श्रेष्ठ, बास गिटारमा अनुप दास, लिड गिटारमा रोशन शर्मा तथा ड्रमरको रुपमा रुपेश सिंह रहनेछन् । भ्यालेन्टाइन्स डेको साँझलाई सांगीतिक रुपले रोमान्टिक बनाउने यो कार्यक्रम शनिवार साँझ ६ बजेपछि प्रारम्भ हुनेछ ।

प्रतिक्रिया