Bisal Chautari Logo

राजेशपायललाई गाउन भन्दा रेष्टुरेन्ट चलाउन गाह्रो पर्‍यो रे !

- १५ आश्विन २०७०, मंगलवार १०:५६ मा प्रकाशित


१५ असार, काठमाडौ । धेरै मानिसहरुलाई मात्र नभएर गायक गायिकालाई नै गाउन निकै गाह्रो पर्ने गरेको बताउछन् । तर नेपालि सुगम संगितका चर्चित गायक राजेश पायल राईलाई भने गाउन सबैभन्दा सजिलो लाग्दो रहेछ । गायक राईले एकै दिनमापनि ८ वटा भन्दाबढि गितहरु गाएर रेकर्ड बनाईसकेको छन् । तर यि चकलेटि गायक राई इज किङलाई भने गाउन भन्दा बढि रेष्टुरेन्ट चलाउन गाह्रो परेको बताउछन् । केहि समय अगाड कमलपोखरी नजिकै रोदुङ्स रेष्टुरेन्ट चलाईरहेका गायक राईलाई रेष्टुरेन्ट व्यावसाय निकै गाह्रोभएको र गाउन जस्तो सजिलो नभएको एक एल्वम विमोचन कार्यक्रममा बताएका छन् । 
रेष्टुरेन्ट कसरी किनियो भन्ने प्रसंगमा कुरा गर्दै गायक राजेशले भने–‘यो रेष्टुरेन्टमा संगितकार सुरेश अधिकारी ज्यु निकै आउने गर्नु हुन्थ्यो रहेछ । यो रेष्टुरेन्ट बेच्ने कुरा गरेपछि अधिकारी ज्युले ५० हजार एड्भान्स छाडेर जानुभएछ । तर अधिकारी ज्यु एक महिना हराएपछि सो रेष्टुरेन्टको मालिकले छिटो किन्न आग्रह गरेछन् । एकदिन यहि रेष्टुरेन्टमा म र सुरेश ज्यु नै आयौ । कुरा गर्दै जादा यो रेष्टुरेन्टका लागि सुरेशले मलाई रिण माग्नुभयो । मैले १ लाख उहालाई दिए । अन्तमा : यो रेष्टुरेन्टको मालिकले बैना एकलाख पैसा कि माया मार्नुपर्‍यो कि त रेष्टुरेन्ट किन्न पर्‍यो भन्नुभयो । त्यसपछि बाध्यता भएर मैले यो रेस्टुरेन्ट किनेको हु’, गायक राजेश पायल राईले बताए । 
रेष्टुरेन्ट चलाएपछि ग्राहकहरुले धेरै दुख दिएको आफुलाई महसुस भएको राईले बताए । विशेष गरेर उदारो खानेले रेष्टुरेन्ट चलाउन आफुलाई गाह्रो भईरहेको राईले बताए । जे होस्, एउटा चर्चित गायकले चलाएको रेष्टुरेन्टमा गएर खानु छ भने प्लिज उदारो चाहि कम मात्र खाईदिनु होला, विशाल चौतारीको आग्रह छ ।

प्रतिक्रिया