ARYAN SIGDEL, KEKI ADHIKARI and GAJIT BISTA Movie Punarjanma
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, माघ २७, मंगलबार । द्धन्दकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा चलचित्रमा प्रस्तुत गरिएको भनी प्रचार प्रसारमा दौडिरहेको सिनेमा ‘पुनर्जन्म’ले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै ट्रेलर र एक गीत सार्वजनिक गरेको छ ।
आगामी फागुन २२ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘पुनर्जन्म’ले कार्यक्रममा चलचित्रका निर्माता मोहनकृष्ण श्रेष्ठले सिनेमाले द्धन्द्धकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिए ।
अभिनेता आर्यन सिग्देलले चलचित्रले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए । ‘यो चलचित्रले नया पुस्तालाई नेपालमा भएको द्धन्द्धले सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गर्नेछ ।’ आर्यनले भने ।
त्यस्तै अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्धन्द्धले पारेको प्रभावसगै चलचित्रले कायक्षेत्रमा सैनिकको साथीभाई प्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेता गजितको अनुसार अभिनेत्री केकीसंग पर्दामा जोडी भएर देखिन लागेको बताए । उता अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।
चलचित्रका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट सिनेमा बनाउन लागे पनि त्यसको कथालाई नया तरिकाले प्रस्तुत गरेर चलचित्र बनाएको रहस्य खुलाए । निर्देशक श्रेष्ठले चलचित्र सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए । त्यस्तै बोल्ने क्रममा नाम पुर्नजन्म राखिएकोले पनि उपस्थित पत्रकारहरुले सिनेमामा कुन कलाकारको पुर्नजन्म भनेर सोध्दा त्यस उत्तरका लागी रिलिजमिती कुर्नपर्ने बताए ।
एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा मोहनकृष्णसगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । चलचित्रमा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।
प्रतिक्रिया