Bisal Chautari Logo

अनन्त: एमालेले खोस्यो काठमाडौं १ बाट केसीको टिकट, रेखाले टिकटै पाईनन्

- १६ आश्विन २०७०, बुधबार १६:२१ मा प्रकाशित


१६ असोज, काठमाडौं । सदावहार अभिनेता भुवन केसी एक राते सभासद्को उमेद्वार बन्न पुगेका छन्, भने अभिनेत्री रेखा थापालाई एमाओवादीले प्रत्यक्षतर्फ उम्मेदवार बनाएन । नेकपा एमालेले एक रातका लागि काठमाडौं क्षेत्र नं १ को उमेद्वार बनाएर बुधबार अभिनेता केसिको उमेद्वारी खोसेको छ, भने रेखाको हकमा पर्सा क्षेत्र नम्बर १ बाट नाम सिफारिस भएपछि उम्मेदवार छनोट समिति र हेडक्वाटरले बलिराम साहलाई उम्मेदवार बनाएको छ ।अभिनेता केसीले राप्रपा नेपालमा प्रवेश गरेर टिकट पाउन लागेको थाहा पाएपछि एमाले नेता माधव नेपालको जोडबलमा एमालेले काठमाडौं १ मा उनलाई उमेद्वारी दिएको थियो । बुधबार अभिनेता केसिको उमेद्धवारी खोसेर एमालेले विद्या न्यौपानेलाई काठमाडौं १ मा टिकट दिने निर्णय गरेपछि अभिनेता केसीको उमेद्धवारी ‘रिल लाइफ’को जस्तो बन्न पुगेको हो । एमालेका क्षेत्रीय नेताहरुको चर्को दबावपछि नेकपा एमालेले नायक केसीको टिकट खोसेको हो । कार्यकर्ताकै दबावका कारण केसीलाई काठमाडौं १ को निर्णय उल्टाउँदै विद्या न्यौपानेलाई टिकट दिन एमाले नेताहरु बाध्य बनेका हुन् । यसअघि एमाले स्थायी समितिले नै मंगलबार काठमाडौं १ मा भुवन केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । टिकट नपाउने चर्चासँगै राप्रपा नेपाल प्रवेशको तयारीमा रहेका केसी फेरि टिकट दिने भएपछि अन्तिममा एमालेमै रहेका थिए । तर, भुवनलाई टिकट दिएको थाहा पाएलगतै कार्यकर्ताहरुले चर्को विरोध गरेका थिए । एमालेको गढ मानिएको काठमाडौं १ मा अघिल्लो संविधानसभा निर्वाचनमा भने कांग्रस महामन्त्री प्रकाशमान सिंह निर्वाचित भएका थिए । कांग्रेसले भनेयो पटक पनि सिंहलाई नै उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया