anoop bikram shahi and benisha hamal in New Year movie
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, माघ २६, सोमबार । नेपाली चलचित्र क्षेत्रमा निकै राम्रा राम्रा लगानिहरु भित्रने क्रममा एक चचिर्त कम्पनीले सिनेमा निर्माण गर्ने भएको छ । यसअघि भारतीय चचिर्त गायक मिल्खा सिंह र चचिर्त गायक रामकृष्ण ढकालको भव्य सांगीतिक कार्यक्रम गरिसकेको ग्रिष्मा इन्टरटेन्मेन्टले पहिलो पटक चलचित्र ‘न्यु इयर’ निर्माणमा गर्ने भएको छ ।
हिजो काठमाण्डौ बानेश्वर स्थीत पाच तारे एभरेष्ट होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘न्यू ईयर’ निर्माणको घोषणा गरियो । चलचित्रमा गृहेन्द्र घिमिरेको साथमा अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानी रहनेछ । चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुने बताइएको छ ।
चलचित्र ‘हसिया’बाट दर्शकहरु राम्रो समिक्षा पाएका अभिनेता अनुपविक्रम शाही र अभिनेत्री बेनिशा हमाल चलचित्र ‘न्यू ईयर’मा मुख्य भूमिकामा देखिएका छन् । चलचित्र ‘मोक्ष’ निर्देशन गरेर चर्चा पाएका प्रविण श्रेष्ठले सिनेमा निर्देशन गर्दैछन् । चलचित्रमा कर्णराज वंशीको कथा छ । चलचित्रलाई म्यूजिक भिडियो खिच्दै आएका ज्ञानेन्द्र शर्माले पहिलो पटक खिच्दैछन् ।
कार्यक्रममा चलचित्रसग सम्वन्धित विभिन्न संघसंस्थाका अध्यक्षहरुले बेलुन फुटाएर चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए । सबै संस्थाहरुको प्रतिनिधित्व गर्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले बधाई दिए । चलचित्रका अभिनेता अनुपविक्रमको अभिनय हसिया चलचित्रमा राम्रो देख्न पाएको बताउदै, चलचित्र न्यु इयरमापनि विशेष कामका लागी बधाई दिए ।
त्यस्तै अभिनेत्री बेनिशा हमालले चलचित्रमा आफ्नो भूमिका राम्रो भएको भन्दै एउटा चचिर्त कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । त्यस्तै अभिनेता अनुप विक्रम शाहीले राम्रो टिमसँग काम गर्न पाउँदा आफू उत्साहित भएको बताए । उता निर्देशक प्रविण श्रेष्ठले सबैको साथले ‘मोक्ष’बाट तारिफ पाएको बताउदै अब यो चलचित्रलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
चलचित्रका लागि कलाकारहरुको छनोट गर्न अझै बाँकी रहेको निर्माता गृहेन्द्र घिमिरेले जानकारी दिए । चलचित्र क्षेत्रलाई आफूले लामो समयदेखि बुझेर पहिलो पटक लगानीमा हात हालेको भन्दै उनले ‘न्यू ईयर’ले हरेक क्रृतुसँगै परिवर्तन हुने नयाँ बर्षलाई प्रतिबिम्ब गर्ने जानकारी दिए ।
[gss ids=”8327,8331,8329,8328,8330,8323,8332″]
प्रतिक्रिया