Bisal Chautari Logo

अस्ट्रेलिया रिलिजमा ‘अधकट्टी’ले दर्शक हसाउदै राम्रो समिक्षा बटुल्यो

- २२ माघ २०७१, बिहीबार ०६:०१ मा प्रकाशित


adhakatti movie Australia release
नारायण खड्का
तस्बिर : नेवा किरण
अस्ट्रेलिया, २०७१, माघ २२ बिहिबार । सञ्चारकर्मी सुब्रत आचार्यद्धारा निर्देशित चलचित्र ‘अधकट्टी’ अस्ट्रेलियामा रिलिज गरिएको छ । सिड्नीको हस्र्टभिलस्थित इभेन्ट सिनेमामा पहिलो प्रदर्शनी गरिएको हास्यप्रधान चलचित्रले अस्ट्रेलियाका दर्शकको ताली पाएको छ । adhakatti movie Australia release
तीन भिन्न चरित्रका युवाहरुको सेरोफेरोमा घुमेको चलचित्र अधिकांश समय पैसाको पछि दौडेको छ । जसरी भए पनि जिन्दगीमा केही गर्ने धुनमा लागेका दुई युवा सोमे र लुजे –गौरव पहारी र प्रदीप बास्तोला) ले पहाडबाट घर, चौरी लगायतका सबै सम्पत्ति बेचेर अमेरिका जान हिडेको टासी –विल्सनविक्रम राई) लाई भेटेसगै चलचित्र अगाडि बढ्छ । आफूहरुसग भएको सबै पैसा लुटिएपछि सोमेलाई चिट्ठामा परेको १ करोड ५० लाखको घर आफ्नो बनाउनका लागि तीनजनाले गर्नुपरेको तिकड्म र संघर्षलाई चलचित्रमा रोचकताका साथ बुनिएको छ ।
चलचित्रमा पहाडको शेर्पाको भूमिकामा रहेका विल्सनविक्रम राईले दर्शकलाई पेट मिच्ने गरी हँसाएका छन् भने प्रदीप बाँस्तोलाले राम्रो अभिनय गरेका छन् । गौरव पहारी, रिस्ता बस्नेतले समेत आफ्नो भूमिकामा न्याय गरेका छन् भने थोरै भूमिकामा रहेकी अशिश्मा नकर्मीले समेत दर्शकको मन जितेकी छन् । नायक गजित विष्टले पनि काठमाडौंका व्यापारीको रपमा राम्रो अभिनय गरेका छन् । पहिलो सोमा चलचित्रले करिब २ घन्टा १५ मिनेट दर्शकहरलाई हँसाएरै भए पनि बाँधिरह्यो ।
सिड्नीमा राम्रो मानिने इभेन्ट सिनेमाको दुई हलमा एकैपटक देखाइएको चलचित्रले दर्शकहरसमेत राम्रै पाएको थियो । चलचित्र हेरिसकेका अधिकांश दर्शकहरले चलचित्रलाई मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका थिए । सँगै चलचित्र हेरिरहेका ”नाइँ नभन्नु ल–२” का निर्माता दिनेश पोखरेलले चलचित्रले दर्शकहरलाई समय अवधिभर बाँधिरहन सकेको बताए भने इन्द्र न्यौपानेले अन्य नेपाली चलचित्रको तुलनामा ”अधकट्टी” राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रलाई अस्ट्रेलियाबाट लगानी गरेकी निमात्री अर्चना थापाले चलचित्रबारे राम्रो प्रतिक्रिया पाएकाले अर्को एक सो थप गर्न लागिएको बताइन् । उनले चलचित्रलाई छिट्टै मेलबर्न, ब्रिसबन लगायतका सहरहरमा प्रदर्शन गर्ने तयारी भइरहेको समेत जानकारी दिइन् ।
साभार : (कान्तिपुर दैनिक)

प्रतिक्रिया