Bisal Chautari Logo

दयाहाङ र दिपक प्रियंकासंग, मुन्द्रे र ‘माग्ने बुढा दीपासंग मस्तिमा (फोटो फिचरसहित)

- २० माघ २०७१, मंगलवार १८:०४ मा प्रकाशित


dayahang rai, deepak raj giri, deepa shree niraula, priyanka karki and kedar ghimire magnebudo nepali movie Wada Number 6 song
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २०, मंगलबार । हास्य अभिनेत्रीको रुपमा परिचित दीपाश्री निरौलाले १६ बर्ष अगाडी चलचित्र ‘सुकुम्बासी’को ‘घिनघिन मादल’ बोलको गीतमा नृत्य गरेको अहिलेपनि हेर्ने दर्शकहरुले चर्चा गर्छन् । यस्तै क्रममा फेरी हास्य अभिनेत्री दिपाश्रीले आफ्नै लगानीमा बनिरहेको चलचित्र ‘वडा नम्बर ६’ को ‘पटुकीमा सिउरेको सुर्के थैली खै’ बोलको गीतमा कम्मर मर्काएकी छिन् । dayahang rai, deepak raj giri, deepa shree niraula, priyanka karki and kedar ghimire magnebudo nepali movie Wada Number 6 song
उज्ज्वल घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘वडा नम्बर ६’को छायांकन अब भने पूर्ण रुपमा सकिएको छ । दीपाको साथमा अभिनेत्री प्रियंका कार्कीले पनि नृत्य गरिन् । २ महिला पात्रलाई कलाकारहरु दीपकराज गिरी, दयाहाङ राई, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलले साथ दिए ।
मुलपानीमा भएको छायांकनमा कलाकारहरुलाई शंकर वीसीले नृत्य गर्न सिकाएका हुन् । एउटा गाउको परिवेशलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रमा विल्सन विक्रम राई र दीपाश्री निरौला विशेष भूमिकामा छन् । यो गीत चलचित्रको कथा अगाडि बढ्दै जादा देख्न पाइने दीपाको भनाई छ । चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको लगानी छ । राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा अन्जु पन्त, राजु विश्वकर्मा र सिवाकोटीकै स्वर छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8266,8268,8267,8265″]

प्रतिक्रिया