tayahangma rai singing
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ १९, सोमबार । केही महिना अगाडी मात्र दोस्रो एल्बम ‘तरना’ ल्याएर सो एल्बममा समावेश ‘मायाको गहिराई’ बोलको गीतबाट चर्चामा रहेकी गायिका तायाहाङमा राई अहिले माया लाउने युवाको खोजिमा रहेकी छिन् ।
प्रसंग हो हिजो प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना भएको तेस्रो संस्करणको मिस राई– २०१५ ग्राण्ड फाइनल प्रतियोगीताको । कार्यक्रममा गायिका तायाहाङमा राईले आफ्नो दोस्रो एल्बममा समावेश ‘मलाई माया लाउने कोही छ ?’ बोलको गीत गाएकी थिइन् । स्टेजमा गायिका राईले माया लाउने कोही छ भन्दा दर्शकदिर्घाबाट राई समुदायकै युवाहरु म छु भन्न पछाडी परेनन् । गायिका राईको पर्फमेन्समा उपस्थित दर्शकहरु रमाएका थिए ।
त्यस्तै पछिल्लो समय आएका गायकहरु मध्ये निकै चर्चा बटुलीरहेका गायक अनिल थुलुङ राईले पहिलो प्रस्तुती दिएका थिए । अनिलले ‘भर्खरै यो गाउ छोडी र टुना लगायौकी’ बोलको गीत प्रस्तुत गर्दा उपस्थित राई सुन्दरीहरु संगीतको तालमा नाच्दै थिए । उता गायिका जुना राईको पर्फमेन्सले मिस राई २०१५ को फाइनल प्रतियोगीताको रौनक थपिएको थियो ।
किरात राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेका तेस्रो संस्करण मिस राई कार्यक्रममा पुर्वमा लामो समय सञ्चार क्षेत्रमा आवद्ध तथा नव गायिका सृजना राईको प्रस्तुतीमापनि दर्शकहरुले जोडतोडका साथ हुटिङ लगाएका थिए । त्यस्तै गायक युवा राई आफ्नो गीटारको धुनसगै गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरुको मनलाई संगीतमय बनाइदिएका थिए ।
[gss ids=”8238,8242,8243,8250,8244,8245,8249,8248,8247,8246″]
tayahangma rai singing
anil thulung rai, Juna Dumi rai,
प्रतिक्रिया