Bisal Chautari Logo

क्यान इन्फोटेकमा ‘होस्टेल रिटन्र्स’को बारेमा जानकार हुनेलाई पुरस्कार (फोटो फिचर सहित)

- १७ माघ २०७१, शनिबार १८:४२ मा प्रकाशित


CAN Infotech hostel returns movie informed about the Grand Prize
विशाल चौतारी समाचार (तस्बिर : विशाल राई)
काठमाडौ, २०७१, माघ १७, शनिबार । चलचित्रको बारेमा जानकारी राख्ने दर्शकहरुलाई आज भृकुटिमण्डपमा विभिन्न पुरस्कारहरु प्रदान गरियो । प्रश्नहरु थियो चलचित्र ‘होस्टेल रिटन्र्स’ कति गते रिलिज हुदैछ ? निर्देशक को हुन् ? कलाकारहरुको नाम के हो ? निर्माता को हुन् ? निर्माण कम्पनीको कार्यालय कहा छ ? लगायतका प्रश्नहरु रहेका थिए ।

CAN Infotech hostel returns movie informed about the Grand Prize (2)
यी प्रश्नको सहि उत्तर मिलाउने सूचना प्रविधि मेला क्यान इन्फोटेकका सहभागिले भने विभिन्न पुरस्कारहरु जिते अनि सिनेमाको बारेमा जानकार नहुनेले जान्ने मौकापनि पाए । CAN Infotech hostel returns movie informed about the Grand Prize (6)उपस्थित सहभागिहरुले उत्तर मिलाइसकेपछि पुरस्कार भने अभिनेता सुशिल श्रेष्ठ अभिनेत्री शशी श्रेष्ठ, हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा (गैडा) निर्माता सुनिल रावल, निर्देशक सुरज भुषाल, वितरक गोविन्द शाहि लगायतको अटोग्राफसहित लिएका थिए । पुरस्कारहरुमा राउटर, एन्टि भाइरस, चार्जर, डायरी, कलमसहितका पुरस्कारहरु सहभागीहरुले जितेका थिए ।
बैशाख २५ गते रिलिज हुने चलचित्र ‘होस्टेल रिटन्र्स’ युनिटलाई घेरिएको क्रउडलाई चर्चित सञ्चारकर्मी नरेश भट्टराईले होस्ट गरेका थिए । सफल निर्मातासंगै पव्लिसिटि मास्टरको उपाधी पाएका चलचित्र ‘होस्टेल रिटन्र्स’ का निर्माता सुनिल रावलले भने मलाई वास्तविक दर्शकसामु पुग्नुछ’ हाम्रो सिनेमको कथावस्तुसंग सुचनाप्रविधि मेल खाने भएकालेपनि पव्लिसिटिमा लागेको हु’ त्यस्तै यही चलचित्रका निर्देशक सुरज भुषालले पनि सिनेमा राम्रो बनेको बताउदै चलचित्र हेर्न अपिल गरे ।
त्यस्तै हास्य अभिनेता तथा निर्देशक निर्मल शर्माले ठट्यौली साट्दै ‘होस्टेल रिटन्र्स’लाई बधाई दिदै आफ्नो नया निर्देशकमा बनेको चलचित्र ‘चकलेट’को प्रचारपनि गरेका थिए ।
दुगिर्श फिल्मस्द्धरा निर्मीत चलचित्र ‘होस्टेल रिटन्र्स’ले टीपी लिंक र क्वीक हिल नामक प्रविधि उत्पादक कम्पनीसंग मिलेर क्यान इन्फोटेकमा इन्सटल राखेका हुन् । चलचित्रमा सुशिल र शशीसहित स्वस्तिमा खड्का, अभय बराल, नाजिर हुसेन, सुदाम सिकेको मुख्य अभिनय रहेको छ । चलचित्रले इन्जिनियरिङ अध्ययनरत युवकको कथा पेश गर्ने बताइएको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8207,8210,8211,8206,8205,8209,8208″]

प्रतिक्रिया