Bisal Chautari Logo

भुवनलाई पुन : एमालले समानुपातिकमा राख्यो

- २० आश्विन २०७०, आईतवार १०:१२ मा प्रकाशित


२० असोज, काठमाडौ । १४ घण्टे सभासद बनेका अभिनेता भुवन केसिलाई नेकपा एमालेले समानूपातिक सुचीमा राखेको खुलासा भएको छ । यसअघि उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको टिकट दिएर पनि २४ घण्टा नबित्दै खोसिएको थियो । एमालेका एक केन्द्रिय सदस्यलाई उधृत गर्दै उज्यालो अनलाइनले भुवनलाई समानूपातिक सुचीमा राखेको बताएको छ ।नाम हटाउँदा पनि भुवन चुप र अझ विज्ञप्ती जारी गरेरै ‘एमालेमै प्रतिबद्ध छु’ भनेर सन्देश दिनुले पनि भुवनलाई समानुपातिकबाट मुख्य स्थान दिएर राखिएको बुझिएको छ । समानूपातिकतर्फबाट टिकट दिइने आश्वासन दिएर उनको टिकट रद्ध गरिएको चर्चा त्यतिबेलै चलेको थियो । केही दिन अगाडि टिकट नपाउने देखिएपछि भुवन राप्रपा नेपाल प्रवेश गर्न थालेका थिए । तर टिकटको आश्वासन दिएर एमालेले रोक्यो र, काठमाडौं–१ बाट उनले टिकट पाए पनि पाए तर स्थानीय नेतारकार्यकर्ताले विरोध जनाएपछि बल्खु मुख्यालय टिकट खोस्न बाध्य भएको थियो । अहिलेचाही सबैको सहमतीमा भुवनको नाम समानुपातिक सूचीमा राखिएको बताइएको छ । जे भएपनि अभिनेता भुवनलाई विशाल चौतारीको तर्फबाट बधाई छ ।

प्रतिक्रिया