Bisal Chautari Logo

सुस्मासंगको लामो ब्रेकअपपछि सुदर्शन र पूजाको हल्ला चलेछ !

- २१ आश्विन २०७०, सोमबार १२:०३ मा प्रकाशित


२१ असोज, काठमाडौ । हट अभिनेत्री सुष्मा कार्कीसँग ब्रेकअप भैसकेपछि केही समय खाली भएका निर्देशक सुदर्शन थापा फेरी अफयेरमा रहेको हल्ला चलेको छ । फिल्मिखवरमा प्रकाशित समाचार अनुसार प्राय: आफुसँग अफयेरमा रहेका युवतीलाई हिरोइन बनाउन मन पराउने निर्देशक थापा आजभोलि पूजा शर्मासँग अफेयरमा रहेको बताईन्छ । जो उनैले निर्देशन गरेको चलचित्र ‘मधुमास’की अभिनेत्री हुन् ।
यसअघि अफयेरमा रहेकी सुष्मालाई ‘मेरो एउटा साथी छ’मा सहायक भुमिकामा अभिनय गराएका सुदर्शनले ‘के यो माया हो’ मा मुख्य नायिका नै बनाएका थिए । तर फिल्म जस्तै उनीहरुको सम्बन्ध पनि फ्लप रह्यो । उनीहरुको सम्बन्ध टिक्न सकेन । सुष्मासँगको ब्रेकअपपछि खाली हात रहेका सुदर्शन थापाको हात अहिले मधुमासकी अभिनेत्री पूजा शर्माले समातेको खबर बजारमा हल्ला छ ।

 दुवैले अफयेरमा रहेको कुरालाई स्विकार गर्न आनाकानी गरेपनि हाउभाउले भने उनीहरु सम्बन्धमा रहेको पुष्टि हुन्छ । हालैका दिनमा एक समारोहमा देखिएका सुदर्शन र पूजाले एउटै फ्रेममा फोटो खिच्न अस्विकार गरेबाट पनि उनीहरुको बिचमा केही पाकिरहेको अनुमान गर्न सकिन्छ । यदि खास सम्बन्ध नहुँदो होत सँगै फोटो खिच्न के को डर ? त्यो के भन्छन् नी ‘नबिराउनु नडराउनु’ । फोटो खिच्नै डराएपछि मानिसको शंकालाई बल पुग्नै नै भयो । अफयेरको प्रश्नमा दुवै चाहिनेभन्दा ज्यादा डिफेन्सिभ देखिएका छन्, खासमा पनि पूजा । सुदर्शनसँगको अफेयरको कुरा आयो कि पूजा आफूलाई चलचित्र उद्योगमा भित्रयाउनेको लामो लिस्ट नै खरर सुनाउँछिन् । अरे मेडम चलचित्र इण्डष्ट्रिमा जसले ल्यायो उसैसँग माया बस्छ भन्ने कहाँ हुन्छ र ? माया त जोसँग मन बस्छ उसैसँग हुन्छ नी ! हैन र ?

प्रतिक्रिया