Bisal Chautari Logo

शाहरुखलाई अंग्रेजी लेखक जेकेबाट बौद्धिक चोरीएको आरोप

- २१ आश्विन २०७०, सोमबार १३:१९ मा प्रकाशित


२१ असोज, मुम्वई । बलिउड अभिनेता शाहरुख खानमाथि एउटा गम्भिर आरोप लागेको छ । अभिनेता शाहरुखले हालै दिएको एउटा स्पिच प्रख्यात अंग्रेजी लेखक जेके रोलिङबाट चोरी गरेको आरोप लागेको हो ।समाजका विभिन्न क्षेत्र र विषयमा जानकार मानिने शाहरुखले अल इण्डिया म्यानेजमेन्ट एशोसियसन (एआईएमए) मा दिएको स्पिच रोलिङबाट चोरी गरिएको आरोप लागेपछि निकै चर्चा र विवाद चुलिएको छ । शाहरुखले एआईएमएको कार्यक्रममा सफलता, असफलता, शिक्षा र गरिबीको विषयमा प्रवचन दिएका थिए । उनको सो प्रवचनले निकै प्रशंसा पनि कमाएको थियो तर पछि सो प्रवचन जेके रोलिङले सन् २००८ मा हार्वड युनिभरसिटीमा दिएको प्रवचनबाट धेरै प्रभावित भएको आरोप लागेको हो । तर उनले आफ्नो प्रवचनको दौरान रोलिङसहित अन्य कुनै विधानको स्रोत नै नखुलाएको टाइम्स अफ इन्डियाले जनाएको छ । रोलिङलाई क्रेडिट नदिई भाव चोरेर शाहरुखले प्रवचन दिएपछि त्यसले अहिले अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । तर शाहरुखले भने यो विषयमा अहिलेसम्म केही बोलेको छैनन् । पछिल्लो समय बौद्धिक चोरीलाई निकै ठूलो अपराध मानिदै आएको छ । एजेन्सिको सहयोगमा  

प्रतिक्रिया