Bisal Chautari Logo

स्मेरा सिहलाई पहिलो ‘लक्ष्मी स्टील राईजिङ स्टार २०७१’ को उपाधी (फोटो फिचर सहित)

- १२ माघ २०७१, सोमबार ०९:५४ मा प्रकाशित


Smera Singh Rising Star – 2071
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ १२, सोमबार । स्मेरा सिंहले यस वर्षको लक्ष्मि स्टील राइजिङ स्टारको उपाधि हात पारेकी छिन् । राजधानीमा गत शनिबार गरिएको प्रतियोगितामा जुनियर र सिनियर गरी ४७ सहभागीलाई पछि पार्दै उनले स्मार्ट चाइल्ड र मस्ट पपुलरको अवार्ड पनि उचालिन् । पुरस्कार स्वरुप स्मेरालाई, ताज सहित ५० हजार रुपैया तथा मोबाइल सेटसहित प्रदान गरियो ।Smera Singh Rising Star – 2071 (16)
त्यस्तै जुनियरतर्फ अशुं बस्नेतले बेस्ट क्याटवाकसहित फस्ट रनरअप भइन् भने सेकेन्ड रनरअप भूमि श्रेष्ठ भइन् । सिनियरतर्फ युजसा घिमिरे फस्ट रनरअप र आचल धामी सेकेन्ड रनरअप भइन् । जुनियर र सिनियरबाट विभिन्न सबटाइटल पनि प्रदान गरिएको थियो । जुनियरतर्फ रिजा राजभण्डारीले मस्ट चामिर्ङ, सफर वासु बेस्ट पर्सनालिटी र बेस्ट ड्रेस, सुजान्जु थापा फोटोजेनिक, आर्या श्रेष्ठ बेस्ट डिसिप्लेन, लुना भट्टराई मस्ट इन्टेलिजेन्ट, सोनिया बज्राचार्य मस्ट कन्फिडेन्ट, भूमि श्रेष्ठ बेस्ट हेयर, प्रिया राई बेस्ट स्किन, पूजा बलामी बेस्ट स्माइल, सुहाना राई बेस्ट फ्रेन्डसिप, आत्या पोखरेल मस्ट हेल्दी, मार्टिना राई मस्ट सिनसियर, सयोन उपाध्यायले मस्ट हेन्डसम किड र मस्ट ट्यालेन्ट ठहरिए । Smera Singh Rising Star – 2071 (14)
menuka rai Rising Star – 2071मस्ट ब्युटिफुल अवार्ड प्रिया राईले पाइन् भने आत्या पोखरेल र युजसा घिमिरेले बेस्ट सोसल सभिर्स, डेबिड राईले अबिडेन्ट किड, एन्जिला ओजश्वीले मस्ट हेल्पफुल किड, क्युट चाइल्ड दृश्य श्रेष्ठ लगायत भए । सिनियरतर्फ मुनाल भारतीले बेस्ट हेल्पफुल किड र मस्ट टयालेन्टेड, अभिवृत्ति अधिकारीले बेस्ट परर्फमेन्स, मृदुस्मिता शर्माले बेस्ट ड्रेस, प्राश्ना राईले अबिडेन्ट किड, क्रिसला कर्मचार्यले मस्ट पपुलर, रीतिका भट्टले मस्ट ब्युटिफुल, निश्चल पौडेलले मस्ट हेन्डसम अवार्ड पाए।Sashi rawal Rising Star – 2071
त्यस्तै, स्मार्ट चाइल्डमा निग्मा मोक्तान, सिनसियरमा रश्मि अधिकारी, मस्ट हेल्दीमा प्रतीक्षा राई, बेस्ट फ्रेन्डसिपमा युजसा घिमिरे, बेस्ट स्माइलमा आयुषा भट्टराई, बेस्ट स्किनमा सुम्निमा राई, बेस्ट हेयरमा चाहना राई, मस्ट कन्फिडेन्टमा आचल धामी, मस्ट इन्टेलिजेन्टमा करुण राई, क्युटी चाइल्डमा क्रिसला कर्मचार्य, बेस्ट डिसिप्लेनमा मृदुस्मिता शर्मा, मस्ट फोटोजेनिकमा अनुषा राई, परर्फमेन्समा मेधावी लामा, पर्सनालिटीमा क्षितिज परियार, बेस्ट क्याटवाकमा सोनी तिलिजा, मस्ट चामिर्ङमा भुविना सुनुवार लगायतले अवार्ड पाए ।
प्रतियोगिता क्रिएटिभ वल्र्ड नेपालले गरेको प्रतियोगीतामा क्रियटीभ वल्र्ड शैक्षिक सम्मान २०७१ बाट एभरेष्ट स्कुल, भक्तपुरका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारी र क्रियटीभ वल्र्ड साँगीतिक सम्मान २०७१ बाट संगीतकार श्री सुनील मास्केलाई सम्मान गरियो भने नगद रु. १०,००० सहित क्रियटीभ वल्र्ड शैक्षिक पुरस्कारद्धारा शिक्षा पत्रकार श्री ईश्वरराज ढकाललाई प्रदान गरियो ।

कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक शान्तिराम राईले राजनैतिक रुपले देश अन्यौल र दुविधाग्रस्त भईरहेको बेला निकै नै तनाव व्यहोरेर यो कार्यक्रम सम्पन्न गर्न पाएकोमा साथ दिने सम्पुर्ण अभिभावक, स्पोन्सर, विद्यालय, संचारजगत लगाएत सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै प्रतियोगीतामा विभिन्न चर्चित कलाकारहरुलेपनि गीत प्रस्तुत गरेका छन् । गायिकाहरु शशी रावल, मेनुका राई, श्रेयासी चेमजोङ लगायतले गाएका थिए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8138,8132,8133,8134,8135,8136,8137,8142,8141,8140,8139″]

प्रतिक्रिया