Bisal Chautari Logo

सुमिनाको भित्रि वस्त्र हेर्न १६ पुग्नु पर्ने :– प्रसंग एडल्ट सटिफिर्केट

- २२ आश्विन २०७०, मंगलवार ०५:४० मा प्रकाशित


२२ असोज, काठमाडौ । चलचित्र ‘स्टार’ हेर्न चलचित्र जाँच पास समितिले एडल्ट सटिफिर्केट दिएको छ । उत्तेजक दृश्य, द्धअर्थी संवाद, महिलालाई गाली गलौज गरिएका शब्द र अभिनेत्रीले भित्री वस्त्र देखिने गरी लगाएको पोशाकलाई आधार बनाउँदै सेन्सर वोर्डले ‘स्टार’ चलचित्रलाई १६ वर्ष भन्दा मुनिका केटाकेटीले हेर्न नमिल्ने प्रमाण पत्र दिएको कार्यकारी निर्माता लक्ष्मण सुवेदीले जानकारी दिए ।
फिल्मको केहि दृश्य काँटछाँट गर्नु पर्ने र केहि संवादमा ‘म्यूट’ हाल्नु पर्ने आदेश दिएको भन्दै चलचित्रको क्लाइमेक्सन सिन हेरेर सेन्सर वोर्डका सदस्य भावुक बनेको निर्माता सुवेदीको कथन छ । गालीगलौज गरीएका शब्दलाई म्यूट गरिने उनले बताए ।  महेन्द्र बुढाथोकी निर्देशित फिल्म रजतपटमा स्टार हुन चाहना राख्ने अभिनेत्रीको जीवन यात्रासँग सम्बन्धीत छ । सुमिना घिमिरे चलचित्रकी मुख्य पात्र हुन् । साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनय रहेको छ । स्टारले कातिर्क १ गते अल नेपाल रिलिजको अवसर पाएको छ ।

प्रतिक्रिया