Bisal Chautari Logo

संञ्चारकर्मी कुमार निर्मीत ‘बर्दी’ जेठ ८ मा

- ७ माघ २०७१, बुधबार १८:२४ मा प्रकाशित


kumar acharya Nepali Movie Bardikumar acharya Nepali Movie Bardi
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ ७, बुधबार । सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोस्रो चलचित्र ‘बर्दी’ आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । चलचित्रका निर्देशक विजयविक्रम बस्नेत हुन् । कुमारले यसअघि फिल्म ‘मानव’ निर्माण गरेका थिए ।
गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्य निर्माता रहेको फिल्मले समाजमा सुरक्षा निकायको उपस्थिति नहुादा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको छ ।
फिल्ममा कुशल थापा, रुपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु र भानु प्रतापको अभिनय रहेको छ ।
कुमार महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दिपेश गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । फिल्मका उपत्यका वितरक सुनिल मानन्धर हुन् ।

प्रतिक्रिया