Bisal Chautari Logo

राजेश हमाल र करिस्मा मानन्धर चुनावी प्रचारमा छैनन्

- १० कार्तिक २०७०, आईतवार १५:०० मा प्रकाशित


१० कात्तिक, काठमाडौ । राजनीतिक दलले चलचित्रकर्मीलाई समेत प्रत्यक्ष तथा समानुपातिक कोटामा तानेपछि यतिबेला चलचित्र क्षेत्र चुनावी माहोलले तातेको छ । धेरै जसो चलचित्रकर्मी आफु सम्वद्ध पार्टीलाई जिताउन जनताको घरदैलामा अभियानमा सक्रिय छन् । तर राजेश र करिश्मा कुनै पनि पार्टीको चुनावी प्रचारमा देखिएका छैनन् ।
उम्मेरदवारी दर्ता गराउने समयताका राजेश र करिश्मा नेपाली काङग्रेसमा प्रवेश गर्ने चर्चा थियो । यद्धपी यी दुई कलाकार अहिलेसम्म कुनै पनि पार्टीमा प्रवेश गरेका छैनन् । सबै पार्टीको कलाकार भएको धारणा सार्वजनिक गर्दै आएका राजेश र करिश्मालाई चुनावी प्रचारमा देख्न पाइला ? देखियो भने पनि आश्चार्य नमान्दा हुन्छ । नेपाली फिल्मका सबैजसो कलाकार कुनै न कुनै दलको चुनावी अभियानमा सक्रिय छन् । एमालेको प्रत्यक्ष टिकट गुमाएर समानुपातिकमा तानिएका भुवन केसी नेता माधवकुमार नेपालको चुनावी क्षेत्रमा प्रचार गर्न व्यस्त छन् । केही समय अघि एमाओवादीको चुनावी गीतमा कम्मर मर्काएकी अभिनेत्री रेखा थापा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको चुनावी क्षेत्रमा जाने बताउँछिन् । पार्टीले प्रत्यक्ष टिकट दिएर पनि चुनाव लड्न नपाएको पर्सा क्षेत्रमा पनि रेखा पार्टीलाई जिताउन जाँदैछिन् । रेखा सहित संगीतकार चेतन सापकोटा, मौसमी मल्ल, राजेन्द्र खड्गी, केपी पाठक, शिवजी लामिछाने, लक्ष्मण शेष लगायत एमाओवादी पार्टीको चुनावी अभियानमा सक्रिय छन् । प्रत्यक्ष टिकट नपाएका निर्माता रोज राणा सक्रिय नदेखिएपनि अर्का निर्माता रमेशजंग रायमाझी भने चुनावी मैदानमा सक्रिय छन् । रायमाझी गृह जिल्ला मोरङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष चुनाव लड्दैछन् ।
त्यस्तै राप्रपा नेपालबाट काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष चुनाव लड्न लागेका निर्माता उद्धव पौडलको अभियानमा दर्जनौं कलाकारले सहभागिता जनाइरहेका छन् । अभिनेता कृष्ण मल्ल देखी अभिनेत्री गरिमा पन्तसम्मले पौडेलको चुनावी अभियानमा सहभागिता जनाइरहेका छन् । फिल्मी खबर साभार 

प्रतिक्रिया