Bisal Chautari Logo

राजेश पायलले याक्थुङ पालुङ साझमा लिम्वु भेषमा लिम्वु गित गाए

- ११ कार्तिक २०७०, सोमबार ११:४१ मा प्रकाशित


११ कात्तिक, धरान । लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चचिर्त गीतहरु बढी गाएका गायक राजेश पायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीत हरु समेत गाएका छन् । लिम्बु सब्द उचारन गर्दा अफ्टेरो गरि बोल्ने राजेशले लिम्बु गीत भने निक्कै मज्जा ले गाए । उनले बिच बिचमा ठट्टा गर्दै आफ्नो बिहेको प्रसङग कोट्याउदै , माहोललाई रमाइलो पार्दै भन्थे – राम्री केटी पाए अहिले नै लण्डन बाट पापा मम्मी लाई बोलिपोहाल्छु ।
आइतबार धरानस्थित सैनिक भवनमा सम्पन्न याक्थुङ पालाम साँझमा लिम्बु पहिरनमा नै स्टेजमा आएका राजेशले ‘ हाक्पारे ख्याली साम्लोले आम्बी ‘आजुप्से , थेगेक , सिरबन्दि , चेथ्याके लगायतका लिम्बु भाषाका गीतहरु गाएर हलभरि बसेका दर्शकहरुलाई मन्त्रमुक्ध बनाएका थिए । गत वर्ष आसेवारो नामक लिम्बु भाषाको एल्बम बजारमा ल्याएका राईको सिलाके जवानी नामक भोजपुरी अल्बमले भारतको भोजपुरी संगीत बजारमा राम्रो स्थान पाएको छ । उनले भर्खरै मात्र हिन्दि फिल्म नजाने क्यों मा समेत स्वर दिएका छन भने २ वटा भोजपुरी फिल्म आवाज दिएका छन । त्यस्तै उनि हिन्दि अल्बम मा समेत स्वर दिदै छन । उनलाई साथ दिन चचिर्त निर्देशक दीपक श्रेष्ठ , उनका सहपाठी धराने संगीतकर्मी हेम सुब्बा , गायक ए पी शेर्पा , भिसन मुकारुङग समेत आएका थिए । निर्देशक दीपक श्रेष्ठले कार्यकर्म मा बोल्दै गायक पायलको बारेमा पुराना यादहरु संस्मरण गरेका थिए ।
भरखरई दर्शन नमस्ते २ अल्बम बजारमा ल्याएका राजेशले सागर सरि, सर सर , बल्ल भेट भो , दर्शन नमस्ते ,ओके ,मोहनी लाग्ला है लगायतका डेढ दर्जन नया पुराना चचिर्त गीत हरु समेत प्रस्तुत गरेर कार्यक्रम बाट बिट मारेका थिए । सो कार्यकर्ममा तीनजुरे पूर्व भेग च्याब्रुंग समूह धरानले पालम नृत्य समेत प्रस्तुत गरेको थियो ।
सिल्भर इन्टरटेन्मेण्टको इभेन्ट म्यानेजमेन्टमा तथा सासा ब्युटि पार्लरको आयोजनमा र लोकेन सांबाको संयोजन मा सम्पन्न याक्थुङ पालाम साँझको प्रायोजन नेपाल आइसले गरेको थियो । साभार : मनोरञ्जन संसार डटक

प्रतिक्रिया