Bisal Chautari Logo

बेलायतको ननटनमा ‘नागबेली’को प्रिमियर

- ११ कार्तिक २०७०, सोमबार १२:०५ मा प्रकाशित


११ कात्तिक, काठमाडौं । बेलायतको ननटनमा शनिबार नेपाली चलचित्र ‘नागबेली’को प्रिमियर भएको छ । गोविन्द राईद्धारा निर्देशित चलचित्रको प्रदर्शनीमा ननटन र बेडवर्थका मेयर बब कोपल्यान्ड दम्पतीको प्रमुख आतिथ्य थियो । दर्शकहरुले फिल्म मन पराएको निर्मात्री रोमियन लिम्बु चेम्जोङले बताइन् ।
युवाहरुले काठमाडौंमा आफ्नो लक्ष्य पूरा गर्न गर्ने संघर्षको कथा भएको फिल्मलाई दर्शकले सान्दभिर्क र यथार्थपरक भएको प्रतिक्रिया दिएको निर्मात्री रोमियनको दाबी छ। स्थानीय उद्योगी ओम गुरुङ र ब्रिटिस गोर्खाका पदाधिकारीहरुको उपस्थितिमा देखाइएको फिल्ममा सेनामा भर्ती हुन चाहने एक पात्रको समेत उपकथा छ । लगभग तीन सय दर्शकले हेरेको ‘नागबेली’मा दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर, हषिर्का श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, नीर शाह, रुपा राना लगायतको मुख्य भूमिका छ । दीपेन्द्र लामाको पटकथा लेखन रहेको फिल्मलाई बेलायतका विभिन्न सहरमा फेरि देखाइने योजना छ । साभार : नागरिक दैनिक

प्रतिक्रिया