Bisal Chautari Logo

सलमान र ‘बीग बोस’ बिच शित युद्ध कुशाललाई फर्काउने गौहरको शर्त

- १४ कार्तिक २०७०, बिहीबार ११:५७ मा प्रकाशित


कर्लस च्यानलबाट प्रशारण हुँदै आएको चचिर्त रियालिटी शो ‘बीग बोस’का संचालक सलमान खान यतिबेला निक्कै रुष्ट देखिएका छन् । प्रतिस्पर्धामा सहभागी यान्डीलाई आक्रमण गरेपछि घरबाट बाहिर निस्किएका कुशालका कारण सलमान खान रुष्ट बनेका हुन् । कुशाल टन्डनलाई बाहिर निकालेपछि अर्की प्रतिस्पर्धी गौहर खानपनि आफै घर बाहिर निस्किएकी थिइन् । उनीहरु नजिकै रहेको एक होटलमा गएर बसेको बताइन्छ ।
तर ‘बीग बोस’का आयोजकले गौहरलाई घर फर्काउन सफल भएका छन् । तर गौहरले आयोजकलाई कुशाललाई बीग बोसमा फर्काए मात्र आफू र्फकने शर्त राखेकी छिन् । गौहरको शर्तलाई मान्दै बीग बोसका आयोजकले कुशाललाई २ दिन भित्र घरमा फर्काउने बताएका छन् । यही शर्त अगाडी सार्दै गौहर घर भित्र आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । तर कार्यक्रमका संचालक सलमान खान भने कुशाललाई घर फर्काउन मञ्जुर छैनन् । उनले कुशालले गल्ती गरेको भन्दै कुनै पनि हालतमा घरमा फर्काउन नहुने आयोजकलाई भनेका छन् । यही बिषयका कारण सलमान र आयोजक बिच शित युद्धपनि सुरु भएको छ । गौहरको शर्त मञ्जुर गरेको ‘बीग बोस’को आयोजकलाई सलमानको कुरा सुन्नु पनि जरुरी छ । यसैले यतिबेला ‘बीग बोस सिजन ७’ का आयोजक दोधारमा परेको बताइन्छ ।

प्रतिक्रिया