Bisal Chautari Logo

अनमोल केसीसँग केटीका कुरा – एक कक्षामै गर्लफ्रेन्ड थिइन्

- २५ पुष २०७१, शुक्रबार २०:५६ मा प्रकाशित


anamol kc with Girl Talk – One class I was a girlfriend

– त्यसो त यसअघि पनि यस्तै ‘क्रेजी’ फ्यानको फेला परिसकेका छन् अनमोल । त्योचाहिँ उनको पहिलो फिल्म होस्टल रिलिज भएको तीन महिनाजति पछि हो । एक युवतीले नाडीमा काटेर अनमोल लेखेकी थिइन् ।

– प्रेमसम्बन्ध र गर्लफ्रेन्डबारे अनमोल बाबु भुवन केसीसँग पनि खुलेरै कुरा गर्छन् । बुबा पनि खुला स्वभावका छन् । भन्छन्, ‘गर्लफ्रेन्ड छ भने घरमै लिएर आए हुन्छ ।’ तर, उनले अहिलेसम्म केटीसाथीलाई घर लिएर गएका छैनन् । उनकोमा जाने भनेका केटासाथी मात्रै हुन् ।

anamol kc with Girl Talk - One class I was a girlfriend (1)

विशाल चौतारी समाचार

काठमाडौ, २०७१, पौष २५, शुक्रबार । अभिनेता अनमोल केसी अहिले ‘जेरी’ नामले दर्शकबीच चर्चामा छन् । दोस्रो फिल्म चलचित्र ‘जेरी’ले उनलाई युवापुस्ताबीच अझ लोकप्रिय बनाएको हो । अनमोलले फिल्मको मुख्य चरित्र ‘जेरी’मार्फत उनीहरको मन जितेका छन् । फिल्मको पहिलो चरणमा जेरी ‘प्लेब्वाई’को चरित्रमा देखिन्छ । भन्छ, ‘नाम हो मेरो जेरी, हिँड्छु केटी फेरी–फेरी ।’ जब उसले वास्तविक प्रेम अनुभूति गर्छ, सम्बन्धमा ‘सिरियस’ बन्छ । तर, त्यति नै वेला ऊ संसार छोड्न बाध्य हुन्छ। anamol kc with Girl Talk - One class I was a girlfriend (4)
स्वाभाविक हो, फिल्मले दर्शकलाई भावुक बनाउँछ । तर, त्यो भावुकता दर्शकीय भावुकताभन्दा पनि माथि पुग्छ कहिलेकाहीँ । जसको अनुभूति अनमोलले फिल्म चलेको पहिलो दिन नै गरे । एक युवतीले फिल्म हेरिसकेपछि नाडीमा काटेर ‘जेरी’ लेखिन् । अनमोल तिनको नाम सार्वजनिक भने गर्न चाहँदैनन् । भन्छन्, ‘उनले जब फेसबुकमा मलाई फोटो इन्बक्स गरिन्, म त तसिएँ । र्पछि लाग्यो– मेकअप गरेर बनाइएको हो कि ? तर, जुम गरेर हेर्दा वास्तविक नै रहेछ ।’
त्यसो त यसअघि पनि यस्तै ‘क्रेजी’ फ्यानको फेला परिसकेका छन् अनमोल । त्योचाहिँ उनको पहिलो फिल्म होस्टल रिलिज भएको तीन महिनाजति पछि हो । एक युवतीले नाडीमा काटेर अनमोल लेखेकी थिइन् ।
०००
युवापुस्तालाई ‘क्रेजी’ बनाइरहेका अनमोल ३० मार्च, १९९४ मा जन्मिएका हुन् । प्लस टु सकेको एक वर्ष पुगिसकेको छ । शुभतारा स्कुलबाट एसएलसी गरेका उनले मल्पी इन्टरनेसनल कलेजबाट बिजनेसमा प्लस टु गरेका हुन् । अबचाहिँ फिल्म नै पढ्ने विचारमा छन् । भारतको एउटा कलेजमा भर्ना हुने मानसिकता बनाइसकेका छन् । कलेजबारे बुझ्दा–बुझ्दै एक वर्ष ‘ग्याप’ भयो । तर, यो ‘ग्याप’ उनका लागि निकै फलदायी रह्यो । यसबीच उनले ‘होस्टल’ र ‘जेरी’ गरे । दुवैलाई दर्शकले मन पराए, विशेष गरी युवापुस्ताले । त्यसबाट उनी आफैँले नसोचेको फ्यान पाए ।

‘म खासै घरबाहिर निस्कन्नँ । तर, जेरीको प्रमोसनका क्रममा पोखरा, नारायणघाट र हेटौँडा पुगेँ । त्यतिवेला बल्ल मप्रतिको वास्तविक फ्यानक्रेज थाहा पाएँ । त्यसले नेपाली फिल्ममा नयाँ केही दिनैपर्छ भन्ने जिम्मेवारीबोध भएको छ ।’
उनका धेरै फ्यान केटी नै छन् । तर, केटा पनि नभएका होइनन् । उनको अनुभूति छ– केटी फ्यानचाहिँ ‘क्रेजिनेस’ बढी प्रदर्शन गर्छन्, तर केटाहरचाहिँ प्रशंसा गर्छन् । कामबारे ‘कमेन्ट’ गर्छन् । फ्यानको प्रतिक्रिया उनले फेसबुकबाट लिने गरेका छन् । केहीले उनको इमेलमा पनि पठाउँछन् ।
०००
फ्यानले माया अभिव्यक्त गर्ने तरिका उनलाई अजिब लाग्छ । ‘हात काट्ने त हदैसम्मको तरिका भइहाल्यो । केहीले मेरो पेन्टिङ बनाएर पठाएका छन् । केहीले भित्ताभरि मेरो फोटो टाँसेका छन् । कतिचाहिँ मेरो नामको कार्ड बनाएर फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन् ।’ उनी भन्छन्, ‘मलाई पहिले फ्यानक्रेज फिल्मको विषय मात्रै हो जस्तो लाग्थ्यो । तर, वास्तविक जीवनमा पनि यस्तो हुँदो रहेछ भन्ने बल्ल अनुभूति गर्दै छु ।’

anamol kc with Girl Talk - One class I was a girlfriend (2)
चलचित्र जेरीको प्रिमियरमा अभिनेता अनमोल केसी नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्रीहरुको माझ : photo by : bishal rai 

नामै लिनुपर्दाचाहिँ उनी अस्ट्रेलिया बस्ने फ्यान वासु भुसालको नाम लिन्छन् । ‘उहाँले नै हो, मैले अहिले चलाइरहेको फेसबुक पेज बनाएको । पछि मैले उहाँबाट लिएर आफूले चलाउन थालेँ ।’ उनले सुनाए । त्यस्तै तेन्जिङ डोल्कर र अलिसा राई उनले नामै लिने फ्यान–सूचीको अग्रपंक्तिमा छन् । भन्छन्, ‘उहाँहरले चाहिँ फिल्म आउनुअघि नै मलाई फलो गरिरहनुभएको रहेछ ।’ त्यसो त उनलाई धेरै फ्यानको नाम थाहा पनि छ । तर, पछिल्लो समय त्यति धेरै अन्तरक्रिया गर्न भने पाएका छैनन् ।
त्यसो त, उनको ढोकै ढकढक्याउन आउने फ्यान पनि छन् । पुरानो बानेश्वरस्थित उनको घरअगाडि पानीपुरी पसल छ । पानीपुरी पसलेले अनमोलको घर भनेर चिनाइदिएपछि ढोकामा ढकढक्याउन पुगेका घटना धेरै छन् । ‘त्यसैले गेट राम्ररी लगाउने गरिएको छ । नत्र त को पस्छ थाहै हुँदैन,’ उनले हाँस्दै भने ।
०००
अनमोलले पहिलोपटक ‘फ्यान’ कमाएको चाहिँ अभिनयबाट होइन । अहिले ‘सेक्रेट’जस्तै बन्न पुगेको गायनले हो । उनी स्कुले जीवनदेखि नै गाउँथे । साथीहर मिलेर ब्यान्ड नै खोलेका थिए सन् २००७ मा । ब्यान्डको नाम थियो एमटी–०७ । त्यहाँ उनी भोकलिस्ट र रिदम गिटारिस्ट थिए । ब्यान्डमा लिड गिटारिस्ट दीपंकर थिए, ड्रमिस्ट अभि न्यौपाने । बेस गिटारिस्ट थिए इसप सापकोटा । ‘हामी स्कुलका विभिन्न कार्यक्रममा हरेक वर्ष अवार्ड पाउँथ्यौँ । तर, पछि अध्ययनका सिलसिलामा ब्यान्ड तितरवितर भयो,’ उनले सम्झे । अहिले भने उनी गाउँदैनन् । तथापि, संगीतलाई उनी ‘पहिलो प्रेम’ मान्छन् । जसको सम्झना उनलाई भइरहन्छ । मौका मिल्यो भने गाइदिन्छन् पनि । जेरीमा पनि उनले आफ्नै कम्पोजको एउटा गीत गाएका छन्– ‘तिमी बन्न सक्छौ मेरो भातको घिउ’ बोलको । ‘यो मैले १० कक्षामा बनाएको थिएँ । सन्दर्भ मिलेको कारण जेरीमा समावेश गरियो । तर, पछिल्लो समय स्वर बिग्रिएको छ । उमेरसँगै धोद्रो भयो । त्यसैले हाई पिचमा गाउन सकिँदैन,’ उनले भने ।anamol kc with Girl Talk - One class I was a girlfriend (3)
०००
फ्यानका धनी अनमोललाई जीवनसाथीको सपना देखेर मन पराउने पनि पक्कै होलान् । तर, उनको भनाइलाई विश्वास गर्ने हो भने अहिले कसैसँग सम्बन्धमा छैनन् । यसो भन्दा कसैले पत्याउला र ? उनले भने, ‘जेरी फिल्म हेरेर सोच्यो भने त पत्याउन गाह्रै पर्ला । तर, कलेज जीवनमा प्रवेश गरेदेखि नै म रिलेसनसिपमा छैन ।’ यसको अर्थ स्कुले जीवनमै उनी ‘रिलेसनसिप’मा थिए । उनले मुस्कुराउँदै भने, ‘त्यसवेला त मेरा गर्लफ्रेन्ड थिइन् होइन, थिए । तर, संख्याचाहिँ नभनौँ । तर, सम्बन्धमा रहँदा आफ्नो करिअरमा भन्दा पनि किचकिचमा मात्रै समय बित्दो रहेछ ।’ उनले अनुभव सुनाए, ‘त्यसैले कलेज जीवनमा आएपछि चाहिँ करिअरलाई नै फोकस गर्ने विचार गरेँ । यसलाई एउटा तहमा नपुर्‍याई सम्बन्ध विकास नगर्ने सोचमा छन् उनी ।
उनले पहिलो गर्लफ्रेन्डचाहिँ कक्षा एकमै बनाएका हुन् । ‘केही महिना नजिक हुने, त्यसपछि टाढिने गर्लफ्रेन्ड धेरै बने त्यसपछि । तर, कसैलाई पनि पीडा दिएको छैन मैले । त्यसवेलाका गर्लफ्रेन्ड अहिले पनि भेटिन्छन् । त्यसवेलाका कुरा सम्झेर हास्छौँ हामी,’ उनी भन्छन् ।
यति धेरै केटी पट्याउने अभ्यास गरिसकेका अनमोलले के टिप्स दिन्छन् त केटाहरलाई ? ‘मलाई लाग्छ, जो एकदम बढी चिप्कु भएर केटीलाई फलो गर्छ । उसलाई कसैले गन्दैनन् । आफूलाई ऊ पाउन जति गाह्रो हुन्छ, उसलाई पनि आफू प्राप्त गर्न त्यति नै गाह्रो हुने व्यक्तित्व बनाउनुपर्छ । अहिलेको जमानामा अर केही चाहिँदैन, पहिले आफू बन्नुपर्‍यो,’ उनले भने ।
०००
उनी प्रेमको पहिलो प्रस्ताव पनि अहिले सम्झिँदैनन् । ‘अधिकांश सम्बन्ध आफ्सेआफ बन्थ्यो । प्रस्ताव राख्न नै पर्दैनथ्यो । यदि कसैले प्रस्ताव राखेको भए त म नो नै भन्थेँ होला,’ उनी सम्झन्छन् । तर, सम्बन्ध विकास भइसकेपछि प्रेमपत्रचाहिँ पाए उनले र लेखे पनि । दश कक्षामा हुँदाको एउटा घटना सम्झन्छन्, ‘एकपटक मीठो बास्ना आउँछ भनेर चकलेटको कागजमा प्रेमपत्र लेखेर दिन ठिक्क पारेको थिएँ । सरले देख्नुभयो । मागेपछि मैले मुखमा हालेर चपाइदिएँ । सरले कपाल भुत्ल्याउनुभयो ।’ त्यसरी प्रेमपत्र आदान–प्रदान गरेपछि त्यस्ता सम्झनायोग्य प्रेमपत्र भने एउटै छैनन् । न त ती कुनै उनले संग्रह नै गरेका छन् ।
प्रेमको यही शृंखलामै उनले पहिलो चुम्बनको अनुभव लिए । ‘तर, त्यो कहिले र कोसँग चाहिँ नभनूँ होला,’ उनले हाँस्दै भने । उनी गर्लफ्रेन्डसँग पछिल्लोपटक ‘डेटिङ’चाहिं पाँच वर्षअघि गएका थिए । त्यसवेलाका सन्दर्भचाहिँ भुलिसके । उमेर बढ्दै जाँदा यौनसम्बन्धको अनुभूति पनि गरियो होला नि ? यो प्रश्नको जवाफमा चाहिँ उनले मूर्त जवाफ दिन चाहेनन् । भने, ‘यो प्राकृतिक कुरा हो । त्यसैले कुनै पनि मानिसको यौवनकालमा यस्तो कुरा भइरहेको हुन्छ । त्यसभन्दा बढीचाहिँ नभनौँ ।’
यौनसम्बन्धबारे नखुले पनि उनले आफूलाई एकदमै ‘सेक्सी’ लाग्ने युवतीबारे चाहिँ बताए । उनी भन्छन्, ‘त्यस्ता धेरै छन् । हलिउड सेलेब्रिटी पनि छन् । मलाई एकदमै सेक्सी लाग्नेचाहिँ ब्राजिलियन मोडल एड्रिआना लिमा हो । उनीचाहिँ मलाई आइडल लाग्छ ।’
०००
जेरी फिल्म बजारमा आएपछि उनको र अभिनेत्री आनाको सम्बन्धबारे पनि गाइँगुइँ चल्यो । तर, त्यस्तो नभएको उनको दाबी छ । ‘हामी साथी हौँ । त्यहाँभन्दा अर केही होइन । र, म आफ्नै क्षेत्रको मान्छेसँग सम्बन्धमा रहन पनि चाहन्नँ,’ उनले भने ।
उनले विवाहबारे पनि अहिल्यै सोचेका छैनन् । भन्छन्, ‘बिहे गरेँ भने ३५ वर्ष नाघेपछि गर्छु होला । उमेरभन्दा पनि सम्पूर्ण रपले सेट भइसकेपछि बिहे गर्ने विचार छ ।’ बिहे गर्ने वेला अनमोलको छनोट कस्तो हुन्छ ? ‘म व्यवहार नै हेर्छु पहिलो कुरा त । उसले मलाई उत्प्रेरणा दिन सकोस् । रपका हिसाबले भन्ने हो भने केटी भनेको क्युट नै हुनुपर्छ नि,’ हाँस्दै उनले भने ।
०००
प्रेमसम्बन्ध र गर्लफ्रेन्डबारे अनमोल बाबु भुवन केसीसँग पनि खुलेरै कुरा गर्छन् । बुबा पनि खुला स्वभावका छन् । भन्छन्, ‘गर्लफ्रेन्ड छ भने घरमै लिएर आए हुन्छ ।’ तर, उनले अहिलेसम्म केटीसाथीलाई घर लिएर गएका छैनन् । उनकोमा जाने भनेका केटासाथी मात्रै हुन् ।
‘बुबाले गर्लफ्रेन्ड नै नबना भनेर भन्नुहुन्न । भन्नुहुन्छ, ‘यो उमेरमा गर्लफ्रेन्ड हुनु र सम्बन्ध हुनु नराम्रो होइन । यसले व्यक्तिको यौनिक रुचिबारे पनि थाहा हुन्छ । तर, भावनात्मक रपमा पागल हुने कामचाहिँ नगर ।’ अनमोल भन्छन् । त्यसैले हुनुपर्छ, उनी सम्बन्धमा कहिल्यै पनि ‘सिरियस’ भएनन् । भन्छन्, ‘मैले अहिलेसम्म एकदमै मन पराएको मान्छे भन्ने छैन ।’
बुबाको सम्बन्धबारे सुनेबुझेपछि त झन् उनी सम्बन्धमा ‘सिरियस’ हुनै छाडे । उनी भन्छन्, ‘मैले बुबाको सम्बन्धबारे थाहा पाएँ । उहाँको सम्बन्ध असफलताले पनि मलाई सम्बन्धबारे सिरियस हुन मन लागेन ।’
त्यसो त उनले बुबाको सम्बन्धबारे एसएलसी पास गरेपछि मात्रै थाहा पाएँ । त्यसअघि त उनी होस्टल बसेका थिए । ‘मैले बुबाको स्क्यान्डलबारे एसएलसीपछि मात्रै थाहा पाएँ । सुन्दा त्यस्तो नभइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, सुझाब दिन सक्दिनथेँ । त्यसले म आफूलाई चाहिँ यस्तो स्क्यान्डलमा फस्न हुन्न भन्नेमा सचेत बनायो,’ उनले भने ।
बुबाको सम्बन्धबारे उनको टिप्पणी छ, ‘जो कसैको पनि व्यक्तिगत जीवन हुन्छ । त्यसमा सम्बन्ध पनि हुन्छ । त्यो सफल–असफल हुनुको कारण पनि हुन्छ । त्यसैले अझै पनि बुबालाई कसैको साथ आवश्यक छ भने उहाँ त्यसका लागि स्वतन्त्र हुनुहुन्छ ।’
साभार : नया पत्रिका (कला अनुरागी)

 

 

प्रतिक्रिया