Bisal Chautari Logo

मोहित चौहानले काठमाण्डौमा ‘सद्दा हक’ घन्काउने

- २२ कार्तिक २०७०, शुक्रबार ११:०७ मा प्रकाशित


२२ कात्तिक, काठमाडौ । सैनिक श्रीमती संघको विशेष निमन्त्रणामा बलिउडका चचिर्त गायक मोहित चौहान नेपाल आउन लागेका छन् । उनले मंसिर १५ गते आयोजना हुने विशेष कार्यक्रममा आफ्ना चचिर्त हिन्दी गीतहरु गाउने बताइएको छ । सैनिक श्रीमती संघको सीप तथा व्यवसायिक तालिम दिने भवन निर्माणका लागि कन्र्सटको आयोजना गर्न लागिएको हो । कार्यक्रममा गायक निमा रुम्बाले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।
मोहितले गाएका पिलुँ, सद्दा हक हथ्थे रख, यो दुरियाँ लगायतका गीतहरु चचिर्त छन् । ५० भन्दा बढि चलचित्रका लागि गीत गाइसकेका मोहितले आवाज भरेको चलचित्र ‘रकस्टार’को गीत सर्वाधिक सफल भएको थियो ।

प्रतिक्रिया