Kankaist Rai new song-Timi le Maya Lauda Sarkar Dhalchha Bhane Dhalosh
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष २५, शुक्रबार । चर्चित गायक कन्काईष्ट राईले सरकार ढाल्ने निश्चित छ । प्रसंग हो गायक कन्काइष्टले पछिल्लो समय बजारमा ल्याएको तेस्रो एल्बममा समावेश गीत ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ बोलको गीतको ।
चर्चित गीत ‘काठमाडौको माया महंगो’ बोलको गीत गाएर चर्चामा आएका गायक कन्काईष्ट राईले केही समय अगाडी तेस्रो एल्बम ‘विरासत’ लिएर दर्शकमाझ आएका छन् । गायक कन्काईष्ट राईको नेपाली साङगीतिक क्षेत्रमा २०५४ सालदेखी रेडियो नेपालमा भ्वाईस टेष्टमा उत्तिर्ण गर्दै गायन यात्रा सुरुवात भएको थियो ।
सार्वजनिक भएको ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ बोलको गीतलाई राजन राईले लेखेका हुन्, भने राजनराज सिवाकोटीको संगीत रहेको छ । अहिले यो गीत निकै चर्चामा रहेको छ । यस म्युजिक भिडियोलाई सुरजसिंह ठकुरीले निर्देशन गरेका हुन् भने सिभराम श्रेष्ठले खिचेका हुन् । गम्भिर बिष्ट, निश्मा घिमिरे र किश्वर भण्डारीले मोड्लिङ गरेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
उता केही हप्ता अगाडी सार्वजनिक भएको एल्बम ‘विरासत’मा ५ गीत समावेश रहेको छ । एल्बममा ‘ तिमिले माया लाउँदा, माछीलाई उतिबेलै, एउटा जिवन, पल पल यो जिन्दगी र इलामको डाँडैडाँडा’ बोलको गीत समावेश गरिएको छ । त्यस्तै एल्बममा राजन राई, भूपाल राई, महेन्द्र राई, रमेश ब. थापा र पुष्प नाथ शर्माको शब्द रहेको छ भने, राजन राज सिवाकोटि र डाक्टर किरातले १–१ वटा गीतको संगीत गरेका छन् । अन्य तिन गीत गायक स्वयम कन्काईष्ट राईले संगीत गरेका छन् ।
गायक कन्काईष्ट राईले नेपाली सागीतक क्षेत्रमा पहिलो एल्बम ‘काठमाडौको माया मंहगो’ २०६० सालमा ल्याएका थिए । सो एल्बमको गीतहरु सुपरहिट भएका थिए । त्यसपछि गायक राई २०६२ सालमा रेडियो नेपालद्धरा आयोजित अधिराज्यब्यापि गायन प्रतियोगीतामा गायन तर्फ सर्वोत्कृष्ठ भएका थिए । पहिलो एल्बम र प्रतियोगीताको सफल्तापछि गायक कन्काईष्ट राईले दोस्रो एल्बम ‘जस’ २०६३ सालमा ल्याएका थिए ।
गायक कन्काईष्ट राई गायनमा मात्र होइन, संगीतमापनि अगाडि रहेका छन् । गायक राईले संगीततर्फ तिनवटा चलचित्र ‘ब्लक लिभ, सिमाला र नाइन ओक्लक’मा एकल संगीत दिएका छन् । त्यस्तै संगीततर्फ सालो एल्बम ‘धेरैपछि’ ल्याएका छन् । त्यस्तै बाल गीत संग्रह युनाइटेड सृजना संसार भाग–१ ल्याइसकेका छन्, भने दोस्रो भाग आउने तयारीमा रहेको छ । गायक कन्काईष्ट राईले अहिलेसम्म करिव ५०० वटा गीतमा स्वर दिइसके भने ३०० भन्दा बढी गीतमा संगीतपनि दिइसकेका छन् ।
[gss ids=”7851,7852,7846,7844,7845″]
प्रतिक्रिया