Bisal Chautari Logo

चलचित्र ‘झिग्राना’ को विश्वव्यापी गायन प्रतियोगीता, गीत गाउनुस् एक लाख जित्नुस्

- २४ पुष २०७१, बिहीबार १८:०७ मा प्रकाशित


nepali movie Zhigrana cover of the movie’s official songnepali movie Zhigrana cover of the movie’s official song (3)
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष २४, बिहिबार । यही फागुन १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘झिग्राना’ ले प्रचार प्रसारलाई तिव्र बनाउने भन्दै सिनेमाको पहिलो प्रेसमिटमै नया प्रचार अपनाएको छ । चलचित्रले प्रचार प्रसारको लागि विश्वव्यापी गायन प्रतियोगीताकै आव्ह्वान गरेको छ । यो प्रतियोगीतमा उत्कृष्ट हुनेले एक लाख नगद रुपैया पाउने छन् ।
Hanna Geschewskiगोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रको आज बिहिबार प्रेसमिटको आयोजना गर्दै चलचित्र ‘झिग्राना’ युनिटले प्रदर्शन मिति र प्रचार प्रसारको नया काइदा सार्वजनिक गरेको हो । जारी प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार प्रतियोगीले चलचित्र ‘झिग्राना’ को आधिकारीक गीत ‘नाचन’ गाउनु पर्नेछ । यो प्रतियोगीतामा पहिलो हुनेले रु.एक लाख नगद राशी प्राप्त गर्नेछन् । यो प्रतियोगीता सम्बन्धी विस्तृत जानकारी gye.com.np/nach-pr मा उपलब्ध छ ।
चलचित्र ‘झिग्राना’ मा नेपालको दुर्गम भेग झिग्रानासम्म एक गैर सरकारी संस्थाका कर्मचारीको यात्रा र यात्रामा घट्ने विभिन्न रहस्यमय घटनालाई मुख्य विषय बनाएको छ । यो चलचित्रलाई पासाङ लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा विदेशी कलाकार हना गेस्चिव्स्की र नेपाली कलाकारहरु निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी, दिवाकर पिया, बिना पाण्डे र अरुण रेग्मीको अभिनय छ । चलचित्र ‘झिग्राना’ लाई शैलेन्द्र डि.कार्कीले खिचेका हुन् भने संगीत तथा पाश्र्व गायन इमान विक्रम शाहको छ । चलचित्र ‘झिग्राना’ सस्पेन्स थ्रिलर सिनेमा रहेको बताइएको छ ।

[gss ids=”7828,7829,7831,7827,7830″]

प्रतिक्रिया