Actress Rekha Thapa new film Ram Pyari her contract in raksha nepal || puja bohara and puja Karki rape victims
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २४, बिहिबार । चर्चित अभिनेत्री रेखा थापाले सामूहिक बलात्कारमा परेकी पूजा बोहरा र आफ्नो बुबा तथा हजुरबुबाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई भेट्न रक्षा नेपाल पुगेकी छिन् ।
सोही अवसरमा अभिनेत्री रेखा थापाले रक्षा नेपालमै, बलात्कार पीडित पूजा बोहरा र पूजा कार्कीलाई आफ्नो नया सिनेमा‘रामप्यारी’मा अनुबन्धित गराएकी छिन् ।
रक्षा नेपालमा आउनको उद्देश्य बताउदै अभिनेत्री रेखा थापाले भनिन्, ‘सञ्चार माध्यममा दुई पूजाको बारेमा धेरै कुरा सुनेकाले म यहा आएको हु ।’ अभिनेत्री रेखाले आफूद्धारा अभिनित चलचित्र ‘तथास्तु’को कथावस्तु र २ पूजाको जीवनकथा उस्तै रहेको समेत खुलाइन् ।
चलचित्र तथास्तुमा रेखाले आफू आफ्नै श्रीमाणबाट बलात्कृत हुने नारीको भूमिकामा अभिनय गरेको बताउदै भनिन्,–‘दुई पूजाको कथालाई म अभिनित चलचित्र ‘तथास्तु’ले सम्बोधन गरेकाले भेट्न आएको हु ।’ सोही अवसरमा अभिनेत्री रेखाले निर्माण गर्न लागेको नया चलचित्र ‘रामप्यारी’मा पूजा बोहरा र पूजा कार्कीले अभिनय गर्नेपनि खुलासा गरेकी हुन्।
हालसम्म सार्वजनिक नभएका दुई पूजा रेखाकै चलचित्रबाट सार्वजनिक हुनेछन् । चलचित्रका निर्देशक सविर श्रेष्ठले आफूले चलचित्र निर्माण अघि नै रक्षा नेपालमा आएको भए अझ राम्रो कथा पाउने बताए । चलचित्र ‘तथास्तु’ले केही हदसम्म भएपनि बलात्कारमा पर्ने महिलाहरुको कथालाई सम्बोधन गरेको निर्देशक सविरले खुलाए । ३२ जना बालबालिका तथा किशोरीहरुलाई संरक्षण दिदै आएकी रक्षा नेपालकी प्रमुख मेनुका थापाले आफ्ना छोराछोरीहरुको सपना रेखा थापा जस्तै हिम्मतवाली बन्ने रहेको सुनाइन् । कार्यक्रममा बोल्दै पूजा बोहराले कुनै पनि बलात्कारीलाई कानुनले छोड्न नहुने बताइन् ।
चलचित्र ‘तथास्तु’का निर्माता रामहरी धिताल, निर्देशक सविर श्रेष्ठ र अभिनेत्री रेखा थापा फाउन्डेशनको तर्फबाट अभिनेत्री रेखा थापाले रक्षा नेपाललाई १५ हजारको चेक हस्तान्तरण गरेकी छिन् । रक्षा नेपालमा रहेका बालबालिका तथा किशोरीहरुलाई आइतबार चलचित्र ‘तथास्तु’ देखाइने निर्देशक श्रेष्ठले बताए । चलचित्र भोलीबाट देशभर चल्दैछ ।
[gss ids=”7821,7819,7818,7815,7816,7817,7822,7812,7811,7820″]
अभिनेत्री रेखा थापा रक्षा नेपालको छटमा भएको औपचारिक भेटघाटमा सबै बालबालिकाहरुसंग आफ्नो सिनेमको गीतमा नाचिन् । उता अभिनेत्री रेखा थापाको स्वागतमा रक्षा नेपालका बालबालिकाहरुले नृत्य, कराते किकहरु देखाएका थिए ।
प्रतिक्रिया