Bisal Chautari Logo

दाङमा, हलिउड अभिनेत्री तथा गायिका सेलेना, थारु नृत्यमा रमाउदै (फोटो फिचर सहित)

- ८ जेष्ठ २०७१, बिहीबार ०३:४८ मा प्रकाशित


selena-gomez-in-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ८ बिहिवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।
तस्विरः ट्वीटरबाट
हलिउडकी चचिर्त अभिनेत्री तथा गायिका सेलेनाले मंगलबार दाङको सतबरिया स्थित राप्ती माविको बालमैंत्री कक्षाको अवलोकन गरेपछि थारु नृत्यमा रमाएकी थिइन् । नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् ।बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।

प्रतिक्रिया