Bisal Chautari Logo

सौर्यको प्रोमो र गित रिलिज

- २४ कार्तिक २०७०, आईतवार १०:३७ मा प्रकाशित


२४ कात्तिक, काठमाडौ । चलचित्र सौर्यको अफिसियल प्रोमो र प्रमोशनल गीत रिलिज गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण पक्षले प्रोमो सँगै राक्षस बोलको प्रमोशनल गीतलाई रिलिज गरेको हो ।
हाकिम इन्टरटेनमेण्टको व्यानरमा सुरेन्द्र गुरुङले निर्माण गरेको चलचित्र सौर्यमा राजेश हमाल, सौगात मल्ल, रवि बस्नेत, अनुपविक्रम शाही, हेमा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । मार्कण्ड दिपविम बस्नेतले निर्देशन गरेको चलचित्र सौर्य विशुद्ध मनोरञ्जनात्मक भएको कार्यक्रममा जानकारी गराइयो । सौर्यको पत्रकार सम्मेलनमा कलाकारहरु राजेश हमाल, सौगात मल्ल, रवि बस्नेत, अनुपबिक्रम शाही, निर्देशक, निर्मातालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया