Bisal Chautari Logo

चलचित्र विकाश बोर्डको गाडिमा पट्टि बाधेर आएका अज्ञातद्धरा आगजनि

- २४ कार्तिक २०७०, आईतवार १५:४७ मा प्रकाशित


२४ कात्तिक, काठमाडौ । चलचित्र विकास बोर्डको गाडीमा आज आगजनी भएको छ । बोर्ड परिसरमै पाकिर्ङ गरि राखिएको बा १ ज ६३३६ नम्बरको गाडीमा दिउँसो चार बजेतिर अज्ञात समूहले आगजानी गरी क्षति पुराएको हो ।
मुखमा पट्टि बाँधेर आएका चार जना आक्रमणकारीले बोर्डका सुरक्षा गार्डलाई समेत नियन्त्रण लिएर भ्यानमा आगो लगाएका थिए । आगालागीबाट भ्यानको पछाडीको भागमा क्षती पुगेको छ भने आगो पूर्व गरिएको ढुंगा प्रहारबाट सिसाहरु फुटेका छन् । घटनाको समयमा बोर्ड अध्यक्ष धमेन्द्र मरवैता ‘पप्पु’ कार्यलय बाहिर रहेकाले उनको गाडीमा कुनै क्षती पुगेको छैन्। घटना कस्ले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन् । घटनाको बिषयमा अनुसन्धान भइरहेको बोर्ड प्रवक्ता अनुपम निरौलाले जनाएका छन् । आगलागी भएपछि बोर्ड परिसरको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

प्रतिक्रिया