Bisal Chautari Logo

स्वर मनपराउने फ्यानको आर्थिक सहयोगले ५ वर्षपछि एल्वम [भिडियोपनि ]

- २५ कार्तिक २०७०, सोमबार १६:१५ मा प्रकाशित


२४ कात्तिक, काठमाडौ । पछिल्लो समयमा रियालिटि सोबाट आएका कलाकारहरु सकृय किसिमले अगाडि बढिरहेका छन् । यस्तै क्रममा रियालिटि सो खोजि प्रतिभाको सिजन १ को टप ३ सुमन सरगमपनि गायक क्षेत्रमा निकै सकृय रुपले लागिरहेका छन् ।
पछिल्लो समयमा उनि आफ्नो पहिलो एल्वम ल्याउनमा निकै व्यास्त रहेका छन् । यससंगै गायक सुमन विभिन्न कार्यक्रमहरुमा व्यास्त रहेका छन् । उनको आउन लागेको एल्वमको ‘म कुनै हतारमा छैन’ बोलको गित विन्दाबासिनि म्युजिक अवार्डमा वेस्ट आर्टिस्ट पप एण्ड मोर्डन विधामा नोमिनेशनमा परेको छ । खोजि प्रतिभाको सिजन १ मा टप ३ भएपछि साङ्गितिक करियर सुरु गरेका सुमनले करिव ५ वर्षको साङ्गितिक अध्ययन पश्चात पहिलो एल्वम ल्याउन लागेका हुन् । एल्वमको तयारी सकिएको र एल्वम विमोचन हुन बाकि रहेको गायक सुमनले विशाल चौतारीलाई बताए । एल्वमको तयारी करिव १ वर्ष अगाडि देखि गरिरहेको सुमनले बताए । भने‘–जतिसुकै गायनमा अगाडि रहेपनि सबैभन्दा ठुलो कुरा आर्थिकले गर्दो रहेछ ।’ 
गायक सुमनले एल्वमको तयारीको बारेमा बताउदै भने,–‘खोजिप्रतिभाको फाईनलमा लाईभ मेरो पर्फमेन्स हेरेर, लण्डनमा बस्नुहुने विश्वकाजि राईले भोकल मनपराउनु भएछ । पछि मलाई फेसबुकमा उहाले फ्रेन्डरिक्वेस्ट गर्नुभएको थियो । त्यसबेला यि सबैकुरा बताउनु भएको थियो । एउटा फ्यानको तर्फबाट विश्काजि सरले मलाई गित रेकर्डिङ गराउन आर्थिक सहयोग गर्नुभयो । ‘म कुनै हतारमा छैन’ बोलको गित रेकर्डिङ भएपछि गित सोचेको भन्दा माथि सफल भयो । र यहि गित सुनेर, लण्डनबाटै अन्य गित रेकर्डिङ र भिडियोका लागि आर्थिक सहयोग प्राप्त भएपछि एल्वको तयारी भयो ।’
                भिडियोपनि हेर्नुहोस्                           

पांच गित समावेश एल्वमको नाम भने गायक सुमनले ‘सरगम’ नामाकरण गरेका छन् । एल्वमको नाम सरगम नै किन त ? गायक सुमनले प्रश्ट्याए, संगितलाई सरगम भनेर बुझिने र आफ्नो नामसंगपनि मेल खाने भएकाले एल्वमको नाम सरगम राखेको बताए । एल्वममा महेश खड्का, सुरेश अधिकारी, बिबी अनुरागि र स्वयम गायक सुमनकै संगित रहेको छ । एल्वममा विश्वकाजि राई, निलम आम्वोहाङ राई, रञ्जना राई लगायतको शब्द रहेको छ ।

प्रतिक्रिया