Bisal Chautari Logo

गायिका तायाहाङ्गमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक (भिडियो सहित)

- २२ पुष २०७१, मंगलवार १६:४९ मा प्रकाशित


singer Tayahangma Rai second album ‘song’ public
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २२, मगलबार । पछिल्लो समयमा एल्बमहरु सार्वजनिक हुने क्रम बढ्दो छ । तर संगीतको अध्ययन लिएर एल्बम निकाल्ने सृष्ठा भने कमै पाइन्छ । ति कमै सृष्ठाहरु मध्ये गायिका तायाहाङ्गमा राई संगीत अध्ययन पस्चात एल्बम दास्रो एल्बम ‘तराना’ लिएर दर्शकमाझ आएकी छिन् । singer Tayahangma Rai second album 'song' public (1)
नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन् । singer Tayahangma Rai second album 'song' public (6)उता वाल्यकालमा गायिका तयाहाङमालाई गायनमा भन्दा नृत्यमा बढी सोख थियो । तर स्कुलमा हुने कार्यक्रमहरुमा स्टेजमा गीत प्रस्तुत गर्दा आफ्ना साथिहरुले गायनमा राम्रो रहेको बताएपछी बिस्तारै गायनमा लागेको गायिका तायाहाङ्गमाले बताइन् ।
२०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् ।
सार्वजनिक एल्बमको विषयमा बोल्दै गायिका तायाहाङ्गमाले आफ्नो एल्बममा आधुनिक, सेन्टिमेन्टल गीतहरु दर्शकहरुले सुन्न सक्ने बताइन् । एल्बमका गीतहरु सुन्ने सबैले राम्रो रहेको प्रतिकृया दिएको गायिका तायाहाङ्गमाले बताउदै भनिन्–‘दर्शकहरुले पनि एकचोटि सुनिसकेपछि मनपराउनु हुनेछ ।’
५ गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा राज सागरले संगीत दिएका छन् । एल्बममा ‘आऊ तिमी, जिवनसंग, जसलाई देवता, मायाको गहिराई र कोही छ’ बोलको गीत समावेश गरिएको छ । जसलाई देवता बोलको गीत एल्बममा म्युजिक ट्र्याकपनि समावेश गरिएको छ ।
एल्बममा समावेश एक ‘मायाको गहिराई’ बोलको गीतको म्युजिक भिडियोपनि सार्वजनिक गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री रिमा विश्वकर्मा र बिमलेश अधिकारीले मोड्लिङ गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश तुलाधरले इडिट गरेका हुन् भने बिदुर पाण्डेले खिचेका हुन् ।

[gss ids=”7754,7753,7752,7755,7751,7756,7749″]

गायिका तायाहाङ्गमा राईको पहिलो एल्बम ‘ तिम्रो याद विमोचन २ वर्ष अगाडी गरिएको थियो । पहिलो एल्बममा ७ वटा गीत समावेश गरिएको थियो । गायिका तायाहाङ्गमा राई केही समय अगाडी कन्र्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन्, भने अन्य देशहरुबाटपनि कन्र्सटको लागी बोलाइरहेको विशाल चौतारीलाई बताइन् । साथै एल्बममा समावेश अन्य गीतको पनि म्युजिक भिडियो तयारी भैरहेको बताइन् ।

watch singer Tayahangma Rai second album ‘song’

प्रतिक्रिया