Bisal Chautari Logo

सलमान ‘बीग बोस’की एलिलाई कट्रिना बनाउदै

- २६ कार्तिक २०७०, मंगलवार ०८:५८ मा प्रकाशित


बलिउडका अविवाहित अभिनेता सलमान खान केहि न केहि माध्ययमका कारण मिडियामा छाईरहेका हुन्छन् । ति मध्ये सल्मान खान अविवाहित र कुनै न कुनै अभिनेत्रीसंग जोडिएर चर्चामा हुन्छन् । सल्मानले अभिनेत्री कट्रिना कैफलाई बलिउडमा चम्काएपनि उनको पूर्व प्रेमिका भइसकेकि छिन् । र यतिबेला अभिनेत्री कट्रिना कैफ सलमानलाई छोडेर रणविर कपुरसँग रमाइरहेकी छिन् । तर सलमानलाई भने कट्रिनाको यादलाई आजसम्म आलै बनाईरहेका छन् ।
हालै मात्र सलमानले संचालन गर्दै आएको चचिर्त रियालिटी शो ‘बीग बोस’मा कट्रिनाको चर्चा भएको छ । आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि पुगेका अभिनेता सन्नी देवलसँग सलमानले कट्रिनाको याद गरेका हुन् । ‘बीग बोस’मा सहभागी एली अब्राहमलाई कट्रिना बनाउने धुनमा सलमान लागेका छन् । उनले एलीलाई ५ बर्ष अघिकी कट्रिना भन्दै प्रशंसा गरेका छन् । सलमानले कट्रिनालाई ‘बीग बोस’मा संझिएको यो पहिलो पटक भने होइन । भारतिय संचारमाध्यमहरुका अनुसार सलमानले एलीलाई आफ्नै एक चलचित्रमा अभिनेत्रीपनि बनाउने तयारी गरेका छन् । यसैले पनि उनी बारम्बार ‘बीग बोस’मा एलीको प्रशंसा गरिरहेका हुन्छन् । गतबर्षको सिजनमा ‘बीग बोस’मा सहभागी सना खानलाई सलमानले आफ्नो नयाँ चलचित्र ‘जय हो’मा अभिनेत्री बनाइसकेका छन

प्रतिक्रिया