Manoj Mahato albam Mishran music video Published
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २१, सोमतबार । गायक मनोज महतोको पहिलो एल्बम ‘मिश्रण’को यतिवेला निक्कै चर्चा छ । एल्बमको विमोचन चर्चित गायक राजेश पायल राईले गर्दा देखी नै गायक महतोलाई चर्चामा ल्याएको हो ।
उनै मनोजले सार्वजनिक गरेको ‘मिश्रण’ एल्बमको ‘चोली ल्याउछु’, ‘नक्कली रैछौ, अफ्टेरो बाटो ’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । चोली ल्याउछु गीतमा साजन शाहको संगीत रहेको यो गीतमा साजन शाह र लेखुी सहयात्रीले शब्द कोरेका छन् । यो गीतको म्यूजिक भिडियोमा पुष्प खड्काले मोडलिङ गरेका छन् । सहेन्द्र श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा हरी हुमागाइको छायांकन, प्रकाश तुलाधरको सम्पादन छ । त्यस्तै ‘नक्कली रैछौ’ बोलको म्यूजिक भिडियोको शब्द संगीत साजन साहके रहेको छ । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन्, भने बिबेक र सुरभीले मोड्लिङ गरेका छन् । उता अफ्टेरो बाटो बोलको गीत सितल कादम्बेनीले लेखेकी हुन् भने संगीत राज सागरको रहेको छ । भिडियोमा एसराज र प्रकृती श्रेष्ठले मोड्लिङ गरेका छन् । भिडियोले अहिले चर्चा पाइरहेको छ ।
[gss ids=”7733,7734,7735,7732″]
यस एल्बममा सातवटा गीतहरु समावेश गरिएको छ । एल्बम ल्याउन भन्दा अगाडी गायक मनोजले जङगल लभ, तृष्ण, मिसकल, मेरो मान्छेलगायतका नेपाली चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् ।
प्रतिक्रिया