Bisal Chautari Logo

रेखा थापा भन्छिन्–‘नारी हिंसा र प्रतिकारको विषयमा ‘तथास्तु’ले समाजमा केही परिवर्तन ल्याउछ’

- २१ पुष २०७१, सोमबार ०६:४८ मा प्रकाशित


rekha thapa rekha thapa movie tathastu interview

– Rekha Thapa says her ‘woman about violence and retaliation’ movie tathastu bring guilt some changes in society ‘

ब्रेकर : नेपाली चलचित्र क्षेत्रमा एकमात्र अभिनेत्री, जो निकै लामो समयदेखी एक हिरोको रुपमा परिचित छिन् । सही अभिनेत्री रेखा भन्छिन्, चलचित्र ‘तथास्तु’ को स्क्रिप्ट पढेपछि यो चलचित्रले हाम्रो समाजमा भएको नारी हिंसा र प्रतिकारको विषयमा केही सकारात्मक परिवर्तन ल्याउन मद्धत गर्छ’

rekha thapa rekha thapa movie tathastu interview

विशाल चौतारी समाचार
खोटाङ, २०७१, पौष २१, सोमतबार । नेपाली चलचित्र क्षेत्रमा एकमात्र अभिनेत्री, जो निकै लामो समयदेखी एक हिरोको रुपमा परिचित छिन् । सोही अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘तथास्तु’ यही पौष २५ गते रिलिजको तयारीमा रहेको छ ।rekha thapa rekha thapa movie tathastu interview (1)
एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेकी रेखाले चलचित्र ‘तथास्तु’ को विषयमा बोल्दै स्क्रिप्ट पढेपछि यो चलचित्रले हाम्रो समाजमा भएको नारी हिंसा र प्रतिकारको विषयमा केही सकारात्मक परिवर्तन ल्याउने बताएकी छिन् । अभिनेत्री थापाले चलचित्रको स्क्रिप्ट सुरुमा पढेपछी लागेछ, ‘के म स्क्रिप्टको पात्रलाई पूर्ण रुपमा न्याय गर्न सक्छु तँ ? रेखा भन्छिन्, ‘यो चलचित्रको संवाद र शब्द एकदमै सशक्त छ । धेरै दिन लगाएर मैंले ‘तथास्तु’ को स्क्रिप्ट पढेर सकाएको थिए । ‘तथास्तु’ धेरै राम्रो सिनेमा बनेको छ । र चलचित्रले नारी हिंसा र प्रतिकारको विषयमा बोल्छ’, अभिनेत्री रेखाले बताइन् । जगदिश्वेर थापाको स्क्रिप्ट रहेको चलचित्र ‘तथास्तु’मा रेखासगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य अभिनय छ ।
सबिर श्रेष्ठ निर्देशित यो फिल्ममा रेखा एक्सन अवतारमा प्रस्तुत भएकी छन् । ‘तथास्तु’मा रेखाको बैचारिक र भौतिक दन्द्धलाई दर्शकले हेर्न पाउने निर्माता समेत रहेका सबिर श्रेष्ठले बताएका छन् । बाबु श्रेष्ठको छायाकन रहेको चलचित्र ‘तथास्तु’मा बसन्त सापकोटाको संगीत छ । ‘कहिले माया स्याड फेस’ बोलको ‘तथास्तु’ को गीत यतिबेला चर्चामा छ । रोशन श्रेष्ठ चलचित्रका दन्द्ध निर्देशक हुन् । सबिर श्रेष्ठको लगानीमा रामहरी धितासग सहकार्य गरेका छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7723,7724,7722,7720″]

प्रतिक्रिया